प्रचण्डलाई जनार्दन शर्माको चुनौती- निर्वाचनबाट अध्यक्ष चुनिएर आलोचनालाई चिर्नुस्


२३ पुष २०८१, मंगलवार १९:१८ मा प्रकाशित

पुस २३, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई निर्वाचन प्रक्रियाबाट चुनिएर आउन चुनौती दिएका छन् ।

Advertisement

आइतबारको केन्द्रीय समिति बैठकमा पेस भएको अध्यक्ष प्रचण्डको राजनीतिक प्रस्तावमाथि धारणा राख्ने क्रममा शर्मालाई प्रचण्डले नै ‘विशेष समय’ उपलब्ध गराएका थिए । अन्य नेताहरुले प्रतिवेदनमाथि धारणा राख्न तीन मिनेटको समय पाएकामा शर्माको हकमा भने १५ मिनेट समय दिइएको हाे । यसरी धारणा राख्ने क्रममा शर्माले पार्टीलाई प्राइभेट कम्पनी जसरी चलाएर सधैं अध्यक्ष बनिरहेको भन्दै बाहिर आलोचना हुने गरेको चर्चा गर्दै अब पार्टी अध्यक्ष पनि निर्वाचन प्रक्रियाबाट चुनिएर आउनुपर्ने बताएका हुन् ।

उनले भने, ‘विधान सम्मेलनले निर्वाचन प्रक्रियाबाट पार्टीका सबै कमिटी गठन हुने विधि विकास गरिसकेको छ । अध्यक्षको हकमा त्यो कार्यान्वयन किन गर्न नपर्ने हो ?’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here