सरकारी कार्यालयमा खाजा खाने समय अब आधा घण्टा मात्र

0
25

काठमाडौँ । सरकारी कार्यालयमा अब खाजा समय आधा घण्टा मात्र हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारी कार्यालयमा खाजा खाने समय एक घण्टाबाट घटाएर आधा घण्टा (१.३० देखि २ बजेसम्म) कायम गरिएको जानकारी दिनुभएको छ ।

Advertisement

‘सरकारी कार्यालयमा कर्मचारीहरूको खाजा समय लामो हुँदा सेवाग्राहीलाई असर परेको गुनासो सुनिँदै आएको छ । खाजा पनि खानु पर्छ, तर खाजा खाने नाममा धेरै समय कार्यालयको काम रोकिनु हुँदैन । अब सरकारी कार्यालयमा खाजा समय एक घण्टाबाट घटाएर हरेक दिन १ः३० देखि २ बजेसम्म कायम गरिएको छ ।’ प्रधानमन्त्री ओलीले फेसबुकमा लेख्नु भएको छ ।

प्रधानमन्त्री ओलीले कार्यालयमा खाजा खाने समयको नियम उल्लंघन गरेको पाइएमा हेलो सरकारमा गुनासो गर्न आग्रह गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here