कविता: नारी


१९ श्रावण २०८१, शनिबार ०७:३३ मा प्रकाशित

-जमुना खरेल ।

Advertisement

सिरमा सजाई समाज र परिवार
सन्तानको भोक उनी
भगवन हजार हजार इतिहास
जन्मेको कोख उनी ।१।

महिनै पिच्छे रगतको पिडामा
भन्दिनन् दोष उनी
बाँच्ने क्षमता त्यो भारी बोकेर
भन्छिन नरोक उनी ।२।

इच्छा आकाँक्षा समेट्ने मनमा
दुई आँखा भरी उनी
काटी पखेँटा सोधेन कसैले
उड्छिन कसरी उनी ।३।

छैनन् स्वतन्त्र भएकी निदमा
संघर्ष गरी उनी
हुन्छिन् लास चोला उठ्दछ उनको
मार्छन नमरी उनी ।४।

सुनसान रातमा जिन्दगी जोडिए
मृत्युकै बिमा उनी
आफ्नै भाग्यको सुगन्ध दिएर
फुल्छिन् धर्तीमा उनी ।५।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here