नेकपा एमालेको संकल्प यात्रा सम्पन्न


२ पुष २०८०, सोमबार १०:०० मा प्रकाशित

पुस २, काठमाडौं । नेकपा एमालेले सुदूरपश्चिमको बैतडीबाट शुरु गरेको संकल्प यात्रा आज पाँचथर पुगेर समापन भएको छ ।

Advertisement

मंसिर १४ गते बैतडीस्थित झुलाघाटमा झण्डोत्तलन गरी शुरु गरिएको यात्रा मध्यपहाडी लोकमार्गमा पर्ने जिल्लाहरु हुँदै पाँचथरको चिवाभञ्ज्याङ पुगेको थियो ।

यात्राको अन्तिम दिन आज पाँचथरको सदरमुकाम फिदिमदेखि चिवाभन्ज्याङसम्म यात्रा आयोजना गरिएको थियो । चिवाभञ्ज्याङमा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय झन्डा फहराएर यात्रा समापन गर्नुभएको हो ।

समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशको राजनीतिलाई अब अलपत्र छाड्न नसकिने बताउनुभयो । गठबन्धन सरकारले जनतामा निराशा बढाउने काम मात्रै गरेको भन्दै उहाँले राजनीतिलाई सही बाटोमा ल्याएर निकास निकाल्नुपर्ने बताउनुभयो ।

बैतडीबाट शुरु भएको यात्रा डडेलधुरा, डोटी, अछाम, दैलेख, सुर्खेत, सल्यान, रुकुम, गुल्मी, बाग्लुङ, पर्वत, कास्की, लमजुङ, धादिङ, नुवाकोट, काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, सिन्धुली, खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम र पाँचथरको चिवाभन्ज्याङ पुगेको हो । ती सवै जिल्लाहरुमा आयोजना भएका कार्यक्रमहरुमा अध्यक्ष ओलीले सम्बोधन गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here