बिर्ता आयुर्वेदको वार्षिक उत्सवमा स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न


१५ भाद्र २०८०, शुक्रबार ०७:५५ मा प्रकाशित

भदौं १५, बिर्तामोड ।। बिर्ता आयुर्वेद एण्ड फिजियोथेरापी सेन्टर बिर्तामोडको वािर्षक उत्सवका अवसरमा निशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । छैटौं बर्ष पूरा गरि सातौ बर्षमा प्रबेश गरेको उपलक्ष्यमा विहिवार सो कार्यक्रम सम्पन्न भएको हो ।

Advertisement

स्वास्थ्य शिविरमा हार्ड्जोर्नी ,नसा तथा प्यारालाइसिस,पाइल्स,ग्यास्ट्रीक,कब्जियत,सुगर,कोलेस्ट्रोल ,थाइराइड,महिलाका समस्या लगायत चेक जाँच गरिएको फिजियोथेरापिस्ट डाक्टर भगवान शाहले बताउनु भयो। ४० जना भन्द बढिको स्वास्थ्य परिक्षण गरि ल्याबमा १०५,फिजियोथेरापीमा१५५,क्षारसुत्रमा १०५ र औषधिमा५५ छुट गरिएको संञ्चालक कमल रिजालले बताउनु भयो।
डाक्टर बिनय प्रधान र डा.भगवान शाहको टोलिले स्वास्थ्य परिक्षण गर्नु भएको थियो भने नेपाल रेडक्रस सोसाइटी बिर्तामोडको प्राबिधिक सहयोगमा १५ पिन्ट रगत संकलन भएको थियो ।
कार्यक्रमको समापनमा बिर्ता आयुर्वेद एण्ड फिजियोथेरापी सेन्टरकि संचालिका नर्वदा भट्टराईले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here