यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु


१३ भाद्र २०८०, बुधबार ०८:०४ मा प्रकाशित

काठमाडौं । सरकारले भन्सार विधेयक र विद्युत विधेयक संघीय संसदमा पेस गर्ने निर्णय गरेको छ ।

Advertisement

मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताउनुभयो । उहाँले सरकारले प्रतिनिधि सभा सदस्य मान्य राजेन्द्रकुमार केसी र माधव सापकोटालाई निजीकरण समितिको सदस्यमा मनोनित गर्ने, नेपाल र फिलिपिन्सबीच कुटनीतिक तथा सरकारी राहदानी बहाललाई प्रवेशाज्ञा छुट दिने सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न स्वीकृत दिने निर्णय गरेको पनि बताउनुभयो ।

मन्त्री शर्माले नेपाल प्रशासन सेवा सामुहिकरण तर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त एक (सचिव) पदमा दिनेशकुमार घिमिरेलाई बढुवा गर्ने निर्णय भएको पनि बताउनुभयो ।

सरकारले नेपाल औषधि लिमिटेडको महाप्रवन्धमा कैलाशकुमार पनेरुलाई नियुक्त गर्ने निर्णय भएको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here