दूषित पानी समुद्रमा फाल्‍ने जापानी कदमविरुद्ध कोरियाली सांसदहरुको विरोध


८ भाद्र २०८०, शुक्रबार १९:५४ मा प्रकाशित

८ भदौं, काठमाडौं । दक्षिण कोरियाको मुख्य विपक्षी डेमोक्रेटिक पार्टीका सांसदहरुले जापानले फुकुसिमा दाइची परमाणु उर्जा संयन्त्रको परमाणु विकिरणबाट उत्पन्न दूषित जल प्रशान्त महासागरमा फालेकोबारे बिरोध जनाउँदै मार्च पास गरेका छन् ।

Advertisement

शुक्रबार दक्षिण कोरियाको राजधानी सोलमा विपक्षी डेमोक्रेटिक पार्टीका सांसदहरुले जापानको सो कदमको विरोध गरेका हुन् ।

जापानले सो निर्णय गरेसँगै प्रशान्त महासागर आसपासका क्षेत्र र छिमेकी देशहरुले बिरोध जनाएका छन् । साथै सरकारको सो निर्णयको स्थानीय र माछा व्यवसायीहरुले बिरोध गर्दै प्रदर्शनसमेत गरिरहेका छन् ।

जापानले गत बिहीवार दिउँसो १ बजेबाट दूषित पानी प्रशान्त महासागरमा फाल्न सुरू गरेको थियो । पहिलो चरणमा १७ दिन भित्रमा ७ हजार ८ सय टन दाइची परमाणु उर्जा संयन्त्रको परमाणु विकिरणबाट उत्पन्न दूषित पानी फाल्ने बताइएको छ ।

दूषित पानीमा ६० भन्दा बढी रेडियोन्युक्लाइडहरु छन्, जसले समुन्द्री वातावरण र मानव स्वास्थ्यको लागि असर गर्छ । जापानको यो कदमसँगै छिमेकी देशहरु र प्रशान्त टापुका देशहरु आक्रोशित बनेका छन् । 

सिन्ह्वाको सहयोगमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here