उपराष्ट्रपति यादव साताव्यापी चीन भ्रमणमा जाँदै


२९ श्रावण २०८०, सोमबार ०७:२४ मा प्रकाशित

उपराष्ट्रपति रामसहायप्रसाद यादव आजबाट उत्तरी छिमेकी मुलुक चीनको भ्रमणमा निस्कने भएका छन्।

Advertisement

उपराष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो पटक वैदेशिक यात्रामा निस्कन लागेका यादवले जनवादी गणतन्त्र चीनको साताव्यापी भ्रमण गर्नेछन्। चीनको कुनमिङ्गमा आयोजना हुने ‘सातौँ चीन दक्षिण एशिया प्रदर्शनी’ तथा ‘२७ औँ चीन कुनमिङ्ग आयात-निर्यात मेला’मा विशेष अतिथिको रुपमा उनी चीन भ्रमणमा जान लागेका हुन्।

परराष्ट्र मन्त्रालयका अनुसार उपराष्ट्रपति यादव आगामी साउन ३१ गतेदेखि भदौ ३ गतेसम्म सञ्चालन हुने उक्त मेलामा सहभागी हुनेछन्।दिउँसो ४ः२५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चीन प्रस्थान गर्ने उपराष्ट्रपति यादवको टोलीमा धर्मपत्नी चम्पादेवी यादव, उपराष्ट्रपति कार्यालयका सचिव मधुसुदन बुर्लाकोटी, स्वकीय उपसचिव शत्रुधन यादव, निजी चिकित्सक विक्रम सिलवाल र सेनानी रत्नबहादुर श्रेष्ठ, सहसेनानी भीमसेन देवकोटालगायत रहने पराराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here