पहिरोका कारण नारायणगढ-मुग्लिन सडक अवरुद्ध


२३ श्रावण २०८०, मंगलवार ०८:३३ मा प्रकाशित

साउन २३, काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।

Advertisement

इच्छाकामना गाउँपालिका-६ कालीखोलालगायत नारायणगढ-मुग्लिन सडकका विभिन्न ठाउँमा पहिरो खसेको छ । पहिरोले बिहानै साढे पाँच बजेदेखि सडक अवरुद्ध भएको हो ।

बिहानैदेखि सडक डिभिजन कार्यालय भरतपुरले पहिरो पन्छाउने कार्य गरिरहेको छ । थप पहिरो नआए पहिरो पन्छाउन करिब तीन घण्टा समय लाग्ने अनुमान छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here