एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै


२१ श्रावण २०८०, आईतवार ०९:१४ मा प्रकाशित

नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक आज पनि बस्दैछ।

Advertisement

केन्द्रीय कार्यालय आलोकनगर, तीनकुनेमा बिहान ११ बजे बस्ने स्थायी कमिटी बैठकमा सदस्यहरूले धारणा राख्ने क्रम जारी रहने पार्टीका प्रवक्ता तथा उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए।

शनिबारको छलफलमा सरकारको गतिविधि, समाजवादी पार्टीको भूमिका र समाजवादी मोर्चाबारे सदस्यहरूले धारणा राखेको स्थायी कमिटी सदस्य तुलबहादुर गुरूङले जानकारी दिए। त्यस्तै महाधिवेशनबारे पनि छलफल भएको उनले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here