आज स्वदेश फर्कँदै प्रधानमन्त्री दाहाल


१२ श्रावण २०८०, शुक्रबार ०८:५५ मा प्रकाशित

साउन १२, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल शुक्रबार स्वदेश फर्कँदै हुनुहुन्छ ।

Advertisement

गत साउन ६ गते इटली जानु भएको प्रधानमन्त्री दाहाल भ्रमण सकाएर शुक्रबार स्वदेश फर्कन लाग्नु भएको हो ।

प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन जानु भएको थियो ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार सात दिने इटाली भ्रमण सम्पन्न गरी प्रधानमन्त्री प्रचण्ड आज बिहान ९: ०५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नु हुनेछ ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत साउन ६ गते इटली जानु भएकाे प्रधानमन्त्री दाहालले ‘युनाइटेड नेसन्स फुड सिस्टम–२०२३ स्टकिङ मोमेन्ट’लाई सम्बोधन गर्नुभएको थियो ।

साथै, सो क्रममा प्रधानमन्त्री दाहाल र बङ्गलादेशी समकक्षी शेख हसिना, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरस, विश्व खाद्य कार्यक्रमका कार्यकारी सिन्डे म्याकन, विश्व खाद्य तथा कृषि सङ्गठनका महानिर्देशक क्यू डोङग्यूबीच भेटवार्तासमेत भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here