एनएमसीमा नयाँ कार्यकाल सुरु, आजबाट सिवाकोटीको कमाण्ड


१ श्रावण २०८०, सोमबार ११:३५ मा प्रकाशित

१ साउन, झापा ।। नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) को नवनिर्वाचित कार्यसमितिले असार ३० गते सपथ तथा पदभार ग्रहण गरे पछि आज साउन १ गतेबाट नवनिर्वाचित अध्यक्ष ठाकुरप्रसाद सिवाकोटीको कमाण्ड सुरु भएको छ । लामो निर्वाचन कार्यक्रम मार्फत निर्वाचित समितिले दुई दिन पहिले सपथग्रहण गरेको थियो । संस्थाको नयाँ नियम अनुसार आर्थिक वर्षको प्रारम्भ अर्थात साउन १ गतेबाट कार्यकाल गणना हुने गरी आजबाट अध्यक्ष सिवाकोटीको कमाण्ड सुरु भएको हो ।

Advertisement

असार ३० गते बिर्तामोडमा आयोजित सपथग्रहण कार्यक्रममा निर्वाचन समितिका सदस्य लोकराज ढकालले जेठ १४ गते निर्वाचन प्रक्रिया पूरा गरी चार बर्से कार्यकालका लागि सर्वसम्मत एवम् निर्विरोध निर्वाचित सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समितिका सदस्य पदाधिकारीहरुको नाम वाचन गरेका थिए ।

जसअनुसार सञ्चालक समितिको अध्यक्षमा ठाकुरप्रसाद सिवाकोटी, वरिष्ठ उपाध्यक्षमा भगवती घिमिरे मैनाली, उपाध्यक्षमा विष्णु गौतम, सचिवमा विकासप्रसाद उप्रेती र सहसचिवमा अम्बिकाप्रसाद ढकालले पद तथा गोपनियताको सपथग्रहण गरेका हुन् ।

निर्वाचन समितिका संयोजक संस्थाका पूर्वसञ्चालक, राष्ट्रिय सभाका पूर्वसदस्य हरिचरण सिवाकोटीले निर्वाचित नयाँ नेतृत्वलाई पद तथा गोपनियताको सपथग्रहण गराएका हुन् ।

यसरी सपथग्रहण गर्ने एनएमसीका सञ्चालक समिति सदस्यहरुमा राजु उप्रेती, पवित्रा न्यौपाने, हरिप्रसाद आचार्य, कुन्तादेवी खनाल, तोमप्रसाद भट्टराई, सीताकुमारी श्रेष्ठ, दुर्गाप्रसाद भट्टराई, सावित्रा दाहाल, देवीप्रसाद उप्रेती र प्रेमप्रसाद मैनाली रहेका छन् ।

यस्तै, लेखा सुपरीवेक्षण समितिको संयोजकमा रचना दाहाल र सदस्यमा फाल्गुणी दाहाल र एकेन्द्र उप्रेती पनि सर्वसम्मत चयन भई सपथग्रहण पछि कार्यभार सम्हालेका छन् ।

संस्थाका निवर्तमान अध्यक्ष रामचन्द्र उप्रेती अब सञ्चालक समितिको वरिष्ठ सदस्यको रुपमा रहनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here