बागमतीको बजेट ६२ अर्ब ७० करोड


१ असार २०८०, शुक्रबार १७:४६ मा प्रकाशित

१ असार, काठमाडौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार बजेट विनियोजन भएको छ ।

Advertisement

बागमती प्रदेश सरकारका आर्थिक मामिला मन्त्री बहादुर सिंह लामाले चालु तर्फ २६ अर्ब ७० करोड २७ लाख ६९ हजार रुपैयाँ र पूँजीगत तर्फ ३५ अर्ब ५० करोड ६३ लाख ९ हजार रुपैयाँ ल्याएको छ ।

बागमती प्रदेशले वित्तीय व्यवस्था तर्फ ५० करोड विनियोजन गरेको छ । कुल विनियोजन मध्ये चालु तर्फ ४२.५८ प्रतिशत, पूँजीगत तर्फ ५६.६२ प्रतिशत र वित्तीय व्यवस्था तर्फ ०.८ प्रतिशत रहेको अर्थमन्त्रीले लामाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here