बुधबारे हटिया खाली गराइयो


१ असार २०८०, शुक्रबार ०९:५१ मा प्रकाशित

बिर्तामोड । बिर्तामोड नगरपालिकाले बिर्तामोड–५ मा रहेको बुधबारे हटिया (देवी हाट)को संरचना खाली गराएको छ । नगरपालिकाले आज १० वटा डोजरको प्रयोग गरेर हटियाको संरचना खाली गराएको हो ।

Advertisement

बिर्तामोड नगरपालिकाले बुधबारे हटियामा डोजर चलाउन पूर्व पटक–पटक व्यपारिहरुलाई यो जमिन खाली गरिदिन आग्रह गरेको थियो । नगरपालिकाको आग्रह व्यपारिहरुले बेवास्ता गरे पछि आज उक्त स्थानमा डोजरको प्रयोग गरि ठाँउ खाली गराइएको हो ।

आज दिउँसो करिब १२ बजेबाट ठाउँ खाली गर्न थालिएको काम अहिले सम्पन्न भएको छ ।

नगरपालिकाले हटियामा डोजर चलाउन सुरु गरे पछि व्यापारिहरुले आ–आफ्नो सामान निकालेका थिए । उनीहरुले आफ्नो सामानलाई सुरक्षित तवरले हटियाबाट निकालेका छन् ।

नगरले डोजर चलाउन पूर्व पटक–पटक सूचना जारी गर्दै सामान निकाल्न आग्रह गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here