आजकै दिन : भारतमा मुगल शासन


८ बैशाख २०८०, शुक्रबार ०९:०९ मा प्रकाशित

काठमाडौँ — सन् १५२६ मा आजकै दिन (अप्रिल २१) मा भारतमा मुगल साम्राज्य स्थापित भएको थियो । पानीपतको पहिलो युद्धमा हालको अफगान शासक (हाल उज्बेकिस्तानका) बाबरले दिल्लीका सुल्तान इब्राहिम लोदीलाई पराजित गरेका थिए ।

Advertisement

पानीपतको युद्धमा ज्यान गुमाएका लोदीले भारतमा १५१७ देखि १५२६ सम्म शासन गरेका थिए । लोदी पराजित भएसँगै भारतमा स्थापित मुगलहरूले दुई शताब्दीभन्दा बढी शासन गरेका थिए । मुगल साम्राज्यका संस्थापक बाबरले १५२६ देखि पाँच वर्ष शासन गरेका थिए । उनका पिता तिमुरका बंशज थिए भने आमा जंगेज खानका बंशज थिइन् ।

मध्य एसियाली शासकका छोरा बाबर आफ्नो महत्त्वाकांक्षा पूरा गर्न भारतीय उपमहाद्वीपतर्फ लागेका थिए । काबुलमा आफूलाई स्थापित गरेपछि उनले भारतलाई निशाना बनाएका थिए । लोदीलाई पराजित गरेपछि भने बाबरको फौजले उत्तर भारतको मेवाड राज्यका शासक राना साँगालाई आग्रा नजिकैको युद्धमा पराजित गरेका थिए । त्यतिबेलाको निकै शक्तिशाली मेवाड राज्यमाथि नियन्त्रण कायम गरेपछि मुगलहरूले भारतमा १५२६ देखि १७६१ सम्म शासन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here