फ्रान्सलाई हराउँदै अर्जेन्टिना च्याम्पियन


३ पुष २०७९, आईतवार २३:५३ मा प्रकाशित

झापा । अर्जेन्टिनाले कतारमा आयोजना भएको फिफा विश्वकप फुटबलको उपाधि जितेको छ ।

Advertisement

आइतबार राती भएको फाइनलमा साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले हराउँदै अर्जेन्टिना च्याम्पियन बनेको हो ।

अर्जेन्टिनाले तेस्रो पटक विश्वकपको उपाधि जितेको हो । अर्जेन्टिनाले यस अघि सन् १९७८ र १९८६ मा विश्वकपको उपाधि थियो ।

फ्रान्स भने लगातार दोस्रो पटक र तेस्रो पटक उपाधि जित्न बन्चित बनेको छ । फ्रान्सले यस अघि सन् १९९८ र २०१८ मा विश्वकप ट्रफी चुमेको थियो ।

लुसिल स्टेडियममा भएको रोमान्चक खेलको निर्धारित ९० मिनेट २–२ गोलको बराबरीमा सकिएको थियो । थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा ३–३ गोलको बराबरी भएपछि खेल पेनाल्टीमा गएको थियो ।

पेनाल्टीमा गोलकिपर इमिलियानो मार्टिनेज चम्किदा अर्जेन्टिनाले बाजी मार्यो ।

अर्जेन्टिनाका लियोनल मेस्सी, पाउलो डिबाला, लिन्द्रो पाराडेस र गोन्जालो मोन्टीले पेनाल्टीमा गोल गरे ।

फ्रान्सका केलियन एमबाप्पे र रान्डेल कोलो मुवानीले मात्र पेनाल्टीमा गोल गरे ।

तर, किन्सले कोम्यान र अरुलिन चुवामेनी गोल गर्न चुके ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here