महेन्द्रद्वार सहकारीको ३३ औँ साधरण सभा सम्पन्न


२९ मंसिर २०७९, बिहीबार १९:५१ मा प्रकाशित

काँकरभिट्टा । मेचीनगर –६ स्थित काँकभिट्टामा रहेको महेन्द्रद्वार सहकारी संस्था लिमिटेडले आफ्नो ३३ औँ वार्षिक साधरण सभा सम्पन्न गरेको छ ।

Advertisement

संस्थाका अध्यक्ष राजु दाहालको सभापतित्वमा भएको उक्त कार्यक्रमको प्रमुख अतिथि मेचीनगरका नगर प्रमुख गोपालचन्द्र बुढाथोकी रहेका थिए । नगर प्रमुख बुढाथोकीले साधरण सभा कार्यक्रमको सफलताको शुभकामना दिदै सहकारीले नगर र देश बिकासमा महत्वपूर्ण भुमिका खेल्ने बताएका छन् । साथै उनले सहकारीहरुसँग सहकार्य गर्दै नगर बिकासमा अगाडि बढ्ने बताएका छन् ।

संस्थाले आफ्नो ३३औँ साधरण सभामा शेयर पूँजी रु. ७९ लाख ९९ हजार नौ सय ३४ देखाएको छ भने निक्षेपमा रु. दुई करोड ५३ लाख दुई हजार २० देखाएको छ । साथै संस्थाले रु. एक करोड ५६ लाख ६६ हजार चार सय एक निक्षेप फिर्ता गर्नु पर्ने छ ।

यसैगरी अतिथिहरुमा मेचीनगर वडा नम्बर ६ का अध्यक्ष ललित तामाङ, वडा ४ का अध्यक्ष अर्जुन कुमार कार्की, राष्ट्रिय सहकारी बैंककी धुलाबारी शाखा प्रमुख मुना घिमिरे र सहकारी संघ झापाका सञ्चालक समिति सदस्य नारायण गौतम लगायतको उपस्थिति रहेको थियो । साधारण सभा कार्यक्रमको सञ्चालन प्रकाश ढुङ्गेलले गरेका थिए भने स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष युद्धराज ओलीले राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here