मेचीनगरमा अवैध काठसहित २ ट्याक्टर पक्राउ


१६ मंसिर २०७९, शुक्रबार १७:३७ मा प्रकाशित

बाहुण्डाँगी । प्रहरी चौकी तिरिङ्बाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालीका वडा नम्बर १ स्थित गाँडागल्लीमा अवैध काठसहित २ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ ।

Advertisement

मे १ त ७८५४ र मे १ त ३७४० नम्बरको २ वटा ट्याक्टरहरुलाई गाँडागल्लीमा प्रहरीले शंका लागि ट्याक्टर रोकेर चेकजाँच गर्न लाग्दा ट्याक्टर सखुवाको गोलिया काठ फेला परेको प्रहरी जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

उक्त ट्याक्टरहरु मध्ये मे १ त ३७४० नम्बरको ट्याक्टरलाई अनुमानित मूल्य रु. १० लाख, मे १ त ७८५४ नम्बरको ट्याक्टर अनुमानित मूल्य रु. ८लाख र अन्दाजी २५० क्यु. फिट गोलिया काठ अनुमानित मूल्य रु.२ लाख ५० हजार बराबरको गरी जम्मा रु.२० लाख ५० हजार बराबरको नियन्त्रणमा लिई आवस्यक कार्वाहीको लागी डिभिजन बन कार्यालय चन्द्रगढीमा बुझाएको प्रहरी कार्यालय झापाले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here