बाहुण्डाँगीको हरेक समस्या समाधानको ग्यारेन्टी म लिन्छु : अग्नि खरेल


२० कार्तिक २०७९, आईतवार २१:०६ मा प्रकाशित

बाहुण्डाँगी । बाहुण्डाँगीको समस्या समाधानको ग्यारेन्टी आफूले लिने झापा क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका उम्मेदवार अग्नि प्रसाद खरेलले बताएका छन् । चुनावी घरदैलो अभियानका क्रममा शनिवार मेचीनगर–४ पुगेका खरेलले बाहुण्डाँगीको समस्या समाधानको ग्यारेन्टी लिने बताएका हुन् ।

Advertisement

नेकपा एमाले स्थायी कमिटी सदस्य तथा झापा जिल्ला इन्चार्ज पूर्व कानुन मन्त्री एवम् पूर्व महान्यायाधिवक्ता खरेलले एमाले जनताको पार्टी भएको बताउँदै उनले आफू त्यसको सेवक भएको बताए । ‘जनता समक्ष एमालेले २० कामको ग्यारेन्टी गरेको छ, बाहुण्डाँगीको हरेक समस्या समाधानको ग्यारेन्टी चै म लिन्छु’ उनले बताएका छन् । साथै उनले जनताका समस्या नै आफ्नो एजेण्डा रहेको बताएका छन् ।

कार्यक्रममा नेकपा एमाले केन्द्रिय सदस्य तथा झापा जिल्ला सह इन्चार्ज तथा क्षेत्र नम्बर १ प्रदेश ‘क’ का उम्मेदवार रविन कोइरालाले यस क्षेत्रको विकासका लागि आफ प्रतिबद्ध रहेको बताएका छन् ।

झापा क्षेत्र नम्बर १ निर्वाचन अभियान अन्तर्गत आज मेचीनगर–४ का मतदाताहरुसँग भेटघाट गरिएको हो । घरघरमा कार्यकर्ता टोलटोलमा उम्मेदवार भन्ने मूल नाराका साथ एमाले झापा १ जनताहरुको घरघरमा पुगिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here