झापा क्षेत्र नं. १ मा एमालेको चुनावी चहलपहल बढ्यो


२७ आश्विन २०७९, बिहीबार ०७:४२ मा प्रकाशित

मेचीनगर । नेकपा एमालेले झापा क्षेत्र नं. १ मा चुनावी अभियानलाई तीव्रता दिएको छ । आसन्न मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनलाई लक्षित गर्दै एमालेले चुनावी अभियानलाई अगाडि बढाएको हो ।

Advertisement

एमाले चुनाव प्रचार–प्रसार समितिले निर्वाचन क्षेत्रको वडा–वडामा उम्मेदवारहरु लगेर कार्यकता भेटघाट कार्यक्रम गरिरहेको छ ।

प्रतिनिधि सभा सदस्यका लागि पूर्व कानुन मन्त्री, एमाले स्थायी कमिटी सदस्य तथा झापा जिल्ला इन्चार्ज अग्नि खरेल र प्रदेश (क) मा संविधान सभा सदस्य तथा एमाले केन्द्रीय सदस्य झापा जिल्ला सह–इन्चार्ज रविन कोइरालासहितको टोली लिएर अहिले चुनावी माहोल बनाउदै कार्यकर्ता भेटघाटलाई तीव्रता दिइरहेको छ ।

अभियानमा अहिले एमालेका केन्द्रीय तहदेखि वडा तहसम्मका नेतृत्वहरूको सहभागीता रहेको छ । कार्यक्रममा अहिले केन्द्रीय सल्लाहकार सदस्य बिष्णु प्रसाईं, प्रदेश कमिटी सदस्य श्री प्रसाद मैनाली, राजु कार्की, बन्दन कुमार मुण्डा, जिल्ला सचिवालय सदस्य देवकुमार राई, मेचीनगर अध्यक्ष राजु पोखरेललगायतको उपस्थिती रहने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here