बीपी


२५ भाद्र २०७९, शनिबार ०९:१० मा प्रकाशित

झापा मेचीनगर स्थित धुलाबारीमा निवासी कवी राम कट्टेलले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभयो ‘जन नायक बीपी कोइरालाको १०९औं जन्म जयन्तीको पूर्व सन्ध्यामा दुई बर्ष अघि सामाजिक सञ्जालमा पठाएको मेरो कविता स्मरण स्वरूप पुनः समर्पित गरिरहेको छु ।’

Advertisement

कवी कट्टेलद्वारा पहिलोपटक २०७७ असोज २१ गते सामाजिक सञ्जालमा हालिएको बीपी शिर्षकको कविता विचारमञ्चको शनिबार विषेश अंकमा प्रस्तुत छ ।

बी.पी

शासकहरूले तिमीलाई जेल हाल्दै गए
तिमी भने झरना जस्तै छछल्किदै बगि रह्यौं
छेकेर छेकिएन तिम्रो मनको उडानहरू
सुम्निमा, दोषिचश्मा, मोदिआईन हुँदै
आत्मा वृतान्त, जेल जर्नल जस्ता
कैयौं अमूल्य रचनाहरू दियौं
अनि भन्न मन लाग्छ
प्रजातन्त्र प्राप्तिको कठोर संघर्ष झेल्दै
साहित्यको पनि चुचुरो कसरी छुन सक्यौं,

तिमीले रचेका हरेक पानामा
सुख दुःख भेटिन्छ
प्रेम र यौन भेटिन्छ
औडाहा मनको तरङ्ग पनि भेटिन्छ
भनौं मनोबैज्ञानिक जीवन्त कथाहरू भेटिन्छन्
अनि भन्न मन लाग्छ
राजनीतिक मार्गको चरम कष्ट र ब्यस्ततामा
कसरी, अल्लारे प्रेमीको मन छाम्न सक्यौं
कसरी, स्वछन्द प्रेमिकाको ढकढुकी चिन्न सक्यौं,

तिमीले भोगेको जीवनी पढदा
पाईलै पिच्छे तिम्रो पीडा बोल्ने गर्छ
चट्टान जस्तै कठोर र फूल जस्तै कोमल बनेको
तिम्रो सारा जीवन क्रान्तिमय रहेछ
अनि भन्न मन लाग्छ
कसरी, जादुमय प्रेमको गीत गाउन सक्यौं
कसरी, जीवनरसको संगित सिर्जना गर्न सक्यौं
कसरी, भावनाका रंगहरू कलात्मक शैलीमा भर्न सक्यौं,

राजनैतीक जीवनको शिखरमा पुगेका बीपी
तिम्रो ती सबै कृतिहरू
आज हाम्रोलागि अलौकिक रहस्य भएका छन्
सुभाषित सुन्दर बरदान भएका छन्
आज मात्र होईन
तिमी जस्तै तिम्रो कृतिहरू पनि
जुग जुग सम्म प्रसंसनीय रहने छन् ।

राम कट्टेल, धुलाबारी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here