बिर्तामोडले पारित गर्यो तीन ऐन


१५ भाद्र २०७९, बुधबार १८:१८ मा प्रकाशित

बिर्तामोड । आज बसेको बिर्तामोड नगरपालिकाको कार्यपालिका बैठकले तीनवटा ऐन पारित गरेको छ ।

Advertisement

नगरप्रमुख पवित्रा महतारा प्रसाईंको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले ऐन पारित गरेको हो ।

बैठकले नगर शिक्षा ऐन २०७९, आर्थिक ऐन र बसपार्क विधेयक गरि तीनवटा ऐन पारित गरेको नगरका प्रवक्ता अग्निप्रसाद पाण्डेले बताए ।

उनका अनुसार आर्थिक ऐन संशोधनसहित पारित भएको छ । यसअघि संशोधन विधेयक प्रस्तुत भएको थियो । लामो समय देखि ऐन नबन्दा कामकारबाहीमा समस्या भएकाले ऐन तर्जुमा गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here