ओलीले एमाले कब्जा गरेपछि पार्टी पुनर्गठन गरेका हौं: माधव नेपाल


४ भाद्र २०७८, शुक्रबार २०:०३ मा प्रकाशित

‘नेकपा (एकीकृत समाजवादी)’ का अध्यक्ष माधव नेपालले केपी ओलीले एमाले कब्जा गरेपछि पार्टी पुनर्गठन गरेकाे बताएका छन्। कम्युनिष्ट पार्टीलाई कब्जा, बद्नाम एवम् समाप्त पार्ने कोशिस भएपछि आफूले बाध्य भएर नयाँ पार्टी खाेल्नु परेकाे उनले बताए।

Advertisement

आज सामाजिक संजाल फेसबुकमा एक स्टाटस लेख्दै अध्यक्ष नेपालले यस्ताे बताएका हुन्। ‘नेपाली जनताले कम्युनिष्ट पार्टी र आन्दोलनमार्फत चाहेको संस्कृति एवम समृद्धिको लागि सम्पूर्ण न्यायप्रेमी जनताबाट सकारात्मक सहयोगको अपेक्षा गर्दछौँ।’ उनले भनेका छन्, ‘एकताका सबै ढोका बन्द गर्दै हाम्रै पहलमा लोकप्रिय बनेको नेपालको कम्युनिष्ट पार्टीलाई कब्जा, बद्नाम एवम् समाप्त पार्ने कोशिस भएपछि बाध्य भएर विद्रोह गर्दै हामीले नेकपा (एमाले)को पुनर्गठन गरी नयाँ पार्टी ‘नेकपा (एकीकृत समाजवादी)’ गठन गरेका छौं।’

दर्ता प्रक्रिया बैधानिक रुपमा पूरा हुनासाथ राष्ट्रिय भेला/सम्मेलन गरी केन्द्रीय कमिटीलाई पूर्णता दिने पनि उनले बताए।

नेपालले भनेका छन्

एकताका सबै ढोका बन्द गर्दै हाम्रै पहलमा लोकप्रिय बनेको नेपालको कम्युनिष्ट पार्टीलाई कब्जा, बद्नाम एवम् समाप्त पार्ने कोशिस भएपछि बाध्य भएर विद्रोह गर्दै हामीले नेकपा (एमाले)को पुनर्गठन गरी नयाँ पार्टी ‘नेकपा (एकीकृत समाजवादी)’ गठन गरेका छौं। 

नेपाली जनताले कम्युनिष्ट पार्टी र आन्दोलनमार्फत चाहेको संस्कृति एवम समृद्धिको लागि सम्पूर्ण न्यायप्रेमी जनताबाट सकारात्मक सहयोगको अपेक्षा गर्दछौँ।

हाललाई हामीले साविक नेकपा (एमाले) केन्द्रीय कमिटीमा रहनुभएका र विद्रोहको पक्षमा हस्ताक्षर गर्नुभएका कमरेडहरु, २०७५ जेष्ठ ३ गते पार्टी एकता गर्ने बेला हाम्रो तर्फबाट थपिनुभएका कमरेडहरु, पहिले नै केन्द्रीय कमिटीमा रहिसकेका कमरेडहरु, संघीय संसदका सांसद कमरेडहरु एवम् वैधानिक प्रावधान अनुसार पुर्याउनु पर्ने महिला कमरेडहरुलाई समावेश गरी केन्द्रीय कमिटी प्रस्ताव गरेका छौँ। हाम्रो दर्ता प्रक्रिया बैधानिक रुपमा पूरा हुनासाथ राष्ट्रिय भेला/सम्मेलन गरी अहिले समावेश गर्न नसकेका अनुभवी एवम् योग्य कमरेडहरुलाई समावेश गरी केन्द्रीय कमिटीलाई पूर्णता दिनेछौँ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here