देशभर आजदेखि ‘भेरोसेल’ खोपको दोस्रो डोज लगाईदै


२२ श्रावण २०७८, शुक्रबार ०७:३५ मा प्रकाशित

पहिलो डोज लगाएको २१ दिन पूरा गरेकाले खोप लगाउन सक्ने

Advertisement

झापा, २२ साउन ।। आजदेखि देशभर लक्षित समूहलाई कोभिड–१९ विरुद्धको भेरोसेलको दोस्रो डोज खोप लगाइने भएको छ ।

गत असार २९ गतेदेखि ५५ वर्षभन्दा माथिकालाई सञ्चालन गरिएको खोप अभियानमा भेरोसेलको पहिलो डोज खोप दिइएको थियो ।

उक्त पहिलो डोज लगाएर २१ दिन पुगेका सबै व्यक्तिलाई आजबाट दोस्रो डोज खोप दिन लागिएको हो ।

स्वास्थ्य सेवा विभागले सातवटै प्रदेश स्वास्थ्य निर्देशनालय र ७७ वटै जिल्ला स्वास्थ्य कार्यालयलाई खोप अभियान सञ्चालन गर्न निर्देशन दिएको छ ।

सरकारले असोजसम्म नेपालमा कोभिड १९ विरुद्धको झन्डै दुई करोड डोज खोप ल्याउने दाबी गरेको छ ।

दोस्रो मात्रा खोप लगाउने व्यक्तिहरुले अनिवार्य रुपमा विद्युतीय दर्ता नम्बर र पहिलो मात्रा लगाएको खोप कार्ड देखाउनुपर्नेछ ।

अत्यावश्यक सेवामा कार्यरत व्यक्तिहरुको लागि प्रसुति गृह थापाथली, काठमाडौं मेडिकल कलेज सिनामंगल, निजामती अस्पताल मिनभवन, शिक्षण अस्पताल महाराजगञ्ज र राधास्वामी आइसोलेसन सेन्टर सामाखुसीमा खोप कार्यक्रम सञ्चालन हुनेछ ।

विदेशमा काम गर्न जानेहरुका लागि नेपाल प्रहरी र वीरेन्द्र सैनिक अस्पतालमा खोप केन्द्र तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here