गोर्खा मेमोरियल फाउण्डेसनले मेचीनगरलाई दियो ३० थान अक्सिजन सिलिण्डर सहित स्वास्थ्य सामग्री


१८ असार २०७८, शुक्रबार १४:०१ मा प्रकाशित

मेचीनगर, १८ असार ।। कोभिड १९ नियन्त्रण, रोक थाम तथा स्वस्थ्य उपचारमा सहयोग पुग्ने गरी गोर्खा मेमोरियल फाउण्डेसन नेपालले मेचीनगरलाई अक्सिजन सिलिण्डर सहितका स्वस्थय सामग्री हस्तान्तरण गरेको छ ।
आज मेचीनगर नगरपालिका कार्यालयमा आयोजित एक कार्यक्रमका बीच फाउण्डेसनका अध्यक्ष नगेन्द्र गुरुङले मेचीनगरका नगर प्रमुख विमल आचार्यलाई ३० थान अक्सिजन सिलिण्डर सहित स्वास्थ्य सामग्री हस्तान्तरण गर्नु भएको हो । हस्तान्तरण गरिएको सामग्रीहरुमा ३० थान अक्सिजन सिलिण्डर, पीपीइ, मास्क र सेनिटाइजर रहेका छन् ।

Advertisement


विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसबाट मेचीनगर पनि नराम्री प्रभावित भएको छ । कोभिड १९ कै कारण मेचीनगरले एक जना वडा अध्यक्ष, दुई जना कर्मचारी सहित २५ जना भन्दा बढि नागरिक गुमाउनु परेको छ । यस्तो विषम परिस्थितिमा कोभिड १९ संक्रमण भई अक्सिजन अभावका कारण कसैको मृत्यु नहोस् भन्ने उद्देश्यले बेलायतमा रहनु भएका धनकिरण गुरुङको पहलमा यो सहयोग जुटेको फाउण्डेसनले जनाएको छ । गोर्खा मेमोरियल फण्ड युकेको सहयोगमा प्राप्त सामगं्री ६ लाख ४ हजार मूल्य बराबरको रहेको छ । सो सामग्री हस्तान्तरण गर्ने कार्यको संयोजन गोर्खा मेमोरियल फाउण्डेसन नेपालले गरेको फाउडेसनका महासचिव जगत गुरुङले बताउनु भयो । स्वास्थ्य सामग्री बुझ्दै मेचीनगरका प्रमुख विमल आचार्यले गोर्खा मेमोरियल फाउण्डेसन र युके अध्यक्ष धनकिरण गुरुङलाई धन्यवाद ज्ञापन गर्नु भयो । प्रमुख आचार्यले बेलायतमा रहनु भएका गुरुङ मार्फत मेचीनगरले महत्वपूर्ण सहयोग प्राप्त गरिरहेको बताउनु भयो ।
फाउण्डेसनका अध्यक्ष नगेन्द्र गुरुङको अध्यक्षता तथा सन्तोष आचार्यको सञ्चालनमा सम्पन्न भएको कहस्तान्तरण कार्यक्रममा मेचीनगरकी उपप्रमुख मीना उप्रेती, प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझा, फाउण्डेसनका उपाध्यक्ष गंगालाल गुरुङ, महासचिव जगत गुरुङ लगायतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here