बिर्तामोडको खोप काण्ड : नगरपालिकामा विद्यार्थीले लगाए ताला


१६ श्रावण २०७८, शनिबार ११:५७ मा प्रकाशित

बिर्तामोड, १६ साउन । कोरोना विरुद्धको खोपा बिर्तामोडको एक होटलमा लुकाएको घटनाको सत्यतथ्य छानविनको माग गर्दै माओबादी र कांग्रेस निकट विद्यार्थीको समूहले आज बिर्तामोड नगरपालिकामा तालाबन्दी गरेको छ ।

Advertisement

शुक्रवार विर्तामोड स्वास्थ्य शाखाका फोकलपर्सन ओमबहादुर खड्का १०३ भाइल खोपसहित होटल टाइमलेसमा भेटिएका थिए । उनीमाथि होटलमा खोप लुकाउन लगेको आरोप लागेको छ ।

प्रहरीले खड्कालाई नियन्त्रणमा लिएर स्वास्थ्य कार्यालय झापामा कार्वाहीका लागि जिम्मा बुझाएको थियो । तर, कार्यालयले खोप जिल्लाबाट बैधानिक रुपमा पठाइएको हुँदा लुकाइएको आरोप गलत भएको जनाउँदै खड्कालाई शुक्रवार नै घर पठाएको छ ।

तर, विर्तामोडका युवा तथा विद्यार्थीले आज खड्कालाई कारवाहीको माग गर्दै नगरपालिकामा तालाबन्दी गरेका हुन् ।

ताला लगाउनेहरु नेपाल बिद्यार्थी संघ जिल्ला समिति झापा र अखिल क्रान्तिकारी झापाका कार्यकर्ता रहेका छन् ।

विद्यार्थीहरुले खोपमा कालाबजारी भएको र त्यसमा खड्का संलग्न रहेको दोषारोपण गरेका छन् ।

दोषी पहिचान गरेर कारवाही प्रक्रिया अघि नबढेसम्म ताला नखोलिने नेपाल बिद्यार्थी संघ झापाका सचिव पोषराज कट्वालले पत्रकारहरुलाई बताएका छन् ।

अखिल क्रान्तिकारी झापाका अध्यक्ष अनिल सुवेदीले खोपमा चरम अनियमितता भइरहेको देख्दादेख्दै टुलुटुलु हेरेर बस्न नसकिने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here