केशव पौडेलको म्युजिक भिडियो सार्वजनिक, पौडेलको परिचयमा थपियो नयाँ आयाम


९ श्रावण २०७८, शनिबार २२:०२ मा प्रकाशित

मेचीनगर, ९ साउन ।। केशव पौडेल पेशाले शिक्षक हुन् तर अब उनको परिचय यतिमात्र सीमित रहेन । आज एक कार्यक्रमका बीच पौडेलेको म्युजिक भिडियो सार्वजनिक भएसँगै उनको परिचयको बहुआयामिकता बाहिर आएको छ ।
आज बिमोचन भएको “धोका दिएर नछाड” बोलको गीतमा पौडेल आफैले मोडलिङ गरेका छन् । धुलावारी माध्यमिक विद्यालयको सभाहलमा आयोजित म्युजिक भिडियो बिमोचन कार्यक्रममा पौडेलको बहुप्रतिभाका बारेमा समकक्षीहरुबाट खुलेर चर्चा भएको थियो ।
गुरु पूर्णिमाको अवसर पारेर विमोचन भएको म्युजिक भिडियोको गीतकार, संगीतकार र गायक केशब पौडेल नै हुन् । साथै भिडियोमा मोड्लिङ अर्थात अभिनय पनि पौडेलकै रहेको छ ।

Advertisement


मेचीनगर १० स्थित धुलावारी माविको सभाहलमा एक कार्यक्रमका बीच भिडियो विमोचन गरिएको छ । म्युजिक भिडियो विमोचन कार्यक्रम फरक फरक विधाका तीन जना व्यक्तित्वलाई प्रमुख अतिथिको रुपमा उपस्थित गराइएको थियो । तीन जना प्रमुख अतिथिले कार्यक्रमको संयुक्त रुपमा बिमोचन गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि शिक्षक महासंघ झापाका निवर्तमान अध्यक्ष तेजप्रसाद चौलागाईले ब्यानर वाचन, त्रिदेव बहुमुखी क्याम्पस चारआलीकी विद्यार्थी प्रतिभा ढकालले गीतका शब्द वाचन र नेपाल पत्रकार महासंघ झापाका निवर्तमान सचिव सन्तोष आचार्यले भिडियो प्ले गरेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि चौलागाईंले पौडेलले समकक्षीहरुलाई उछिन्दै सफलताको खुट्किलो चढेको बताउनु भयो । सर्जक पौडेलको प्रतिभाका बारेमा कुरा गर्दै चौलागाईले भन्नु भयो,–“केशवसँग अरु पनि प्रतिभा छन्, उहाँ एउटा राम्रो नाटककार पनि हो ।” बहुप्रतिभाका धनी पौडेलेका आज आयोजित कार्यक्रममा पत्रकार सन्तोष आचार्यले यसअघि जसरी चिनिएको थियो आजबाट परिचयमा बहुआयामिकता थपिएको बताउनु भयो । कार्यक्रममा प्रतिभा ढकाल अतिथिहरु शिक्षक महासंघ झापा सचिव तोयानाथ दाहाल, शिक्षक संघ मेचीनगर अध्यक्ष होमराज ढकाललगायतले पौडेलको प्रतिभाको प्रसंशा र कदर गर्दै आगमी दिनमा समेत साहित्यक तथा सांगितिक क्षेत्रको निरन्तरताका लागि शुभकामना ब्यक्त गर्नु भएको थियो ।
बलभद्र जनता मावि धाइजनका शिक्षक टिकेन्द्र खनालको सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता धुलावारी माविका प्रध्यानाध्यापक महेन्द्रविलास लुईंटेलले गनु भएको थियो ।

सुबास लिम्वूको छायांकन,सम्पादन तथा नेपालका पुराना पियानो बाधक तथा एरेन्जर विमल बुढाथोकीले एरेन्ज गरेको म्युजिक भिडियोलाई जेनेरिक स्टुडियो काठमाण्डौंमा मिक्सिङ गरिएको पौडेलले बताउनु भयो ।
म्युजिक भिडियोलाई स्थानीय ठाउँ बाहुनडाँगीस्थित मिनि माउन्टेन, बाहुनडाँगी क्षेत्रका चिया बगान तथा धुलावारीस्थित पौडेलको आफ्नै निवास परिसरमा छायांकन गरिएको सुवास लिम्बुले बताउनु भयो ।
शनिबार आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएको म्युजिक भिडियोलाई लाइक, कमेन्ट तथा शेयर गरेर आफ्नो हौसला बढाई दिन पौडेलले आफ्ना शु्भेच्छुक सबैलाई अनुरोध गर्नु भएको छ । कार्यक्रममा कोरोना प्रभावका कारण स्वास्थ्य मापदण्डको पालना गर्दै विभिन्न क्षेत्रका अगुवा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here