प्रजातान्त्रिक योद्धा तथा काँग्रेसका पुराना नेता पौडेलको निधन


२ श्रावण २०७८, शनिबार ०८:४० मा प्रकाशित

मेचीनगर, २ साउन ।। पञ्चायत विरुद्धको आन्दोलनका नेता तथा नेपाली काँग्रेसका पुराना नेता पुण्यप्रसाद पौडेलको निधन भएको छ । झापा मेचीनगर ८ निवासी पौडेलको गएराति १२ः३० बजे ह्रदयघातका कारण निधन भएको वहाँका छोरा पुष्पराज पौडेलले जानकारी दिनु भयो ।

Advertisement

नेपाली काँग्रेसका जेष्ठ नागरिक सभाका केन्द्रीय सदस्य समेत रहनु भएका ८७ बर्षिय पौडेल पुर्व महासमिति सदस्य समेत हुनुहुन्थ्यो । पञ्चायतकालमा चुनावलाई उपयोग गर्ने काँग्रेसको निति अन्तर्गत तत्कालिन काँकरभिट्टा गाउँ पञ्चायतको अध्यक्ष पदमा उम्मेद्वार समेत हुनु भएका पौडेल काँग्रेस भित्र बौद्धिक तथा निष्ठावान नेताको रुपमा चिनिनु हुन्थ्यो ।


पौडेलको निधनले नेपाली काँग्रेसले मार्ग दर्शक तथा स्नेही नेता गुमाएको नेपाली काँग्रेस झापाका उपसभापति राम कट्टेलले सेतोपत्रलाई बताउनु भयो ।


प्रजातन्त्र प्राप्तीको आन्दोलनमा भुमिगत जीवन समेत बिताउनु भएका स्वर्गिय पौडेललाई झापाका काँग्रेस कार्यकर्ताले अभिभावककै रुपमा लिने गरेको नेपाली काँग्रेस झापा क्षेत्र नं. १ का सभापति मणि उप्रेतीले बताउनु भयो । अग्रज नेता पौडेलको निधनले जिल्ला र क्षेत्रलाई मात्र होइन सिङ्गो काँग्रेस परिवारले नै अभिभावक गुमाएको उप्रेतीले बताउनु भयो ।


स्वर्गिय पौडेलका दुई छोरा र तीन छोरीहरु हुनुहुन्छ । जेठो रमेश पौडेल ग्रामिण बिकास बैंकको पुर्व पुर्वाञ्चल डाइरेक्टर हुनुहुन्थ्यो भने कान्छा छोरा पुष्पराज पौडेल धुलाबारी क्याम्पसका प्रमुख तथा नेपाली काँग्रेसका झापा जिल्ला सदस्य हुनुहुन्छ । 
पौडेलको अन्तिम संस्कार आज बिहान १० बजे निन्दा नदिस्थीत रामघाटमा सम्पन्न गरिने कान्छा छोरा पुष्पराजले जानकारी दिनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here