प्रधानमन्त्री देउवा र एमाले वरिष्ठ नेता नेपालबीच भेटवार्ता प्रचण्ड र विप्लवको पनि भयो भेटघाट


३० असार २०७८, बुधबार २०:३३ मा प्रकाशित

काठमाडौं, ३० असार ।। प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । आज साँझ नेपाल निवास कोटेश्वर पुगेर प्रधानमन्त्री देउवाले भेटवार्ता गरेका हुन्। 

Advertisement

भेटमा पछिल्लो समसामयिक राजनीतिक घटनाक्रममा छलफल भएको बताइएको छ। 

निवर्तमान प्रधानमन्त्री केपी ओलीविरुद्ध विपक्षी गठबन्धन बनाउन सक्रिय एमाले नेता नेपाललाई देउवाले अझै सहकार्य गर्न अनुरोध गरेका छन् । 

सर्वोच्चको फैसलापछि आफू गठबन्धनमा नरहन सक्ने बताएका नेता नेपाल मंगलबार देउवाको शपथ समारोहमा गएका थिए । यता ओलीले भने अब पार्टीमा माधव नेपालका लागि ठाउँ नभएको बताइसकेका छन्। 

प्रचण्ड र विप्लवबीच भेटवार्ता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ ।

शान्तिपूर्ण राजनीतिमा आएपछि विप्लवले पहिलो पटक प्रचण्डलाई भेटेका हुन् । उनी पार्टीका नेता धर्मेन्द्र बास्तोलालाई लिएर प्रचण्ड निवास खुमलटारमा पुगेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here