पोलिटिकल रिटायर्डमेन्ट


२६ असार २०७८, शनिबार ०९:४० मा प्रकाशित

विष्णु प्रसाद रिमाल / bishnurimal65@gmail.com /

Advertisement

नेपाली कांग्रेसको अधिवेशन यही श्रावण १६ गते वडा बाट सुरु भएर फागुन १९ गते केन्द्रिय अधिवेशन सम्पन्न हूँदैछ । अधिवेशनको मिति टुङ्गो लागे सँगै वडा देखि केन्द्र सम्मको नेतृत्व लिनका लागि नेताहरुले आ–आफ्नो दौडलाई तिब्र बनाएका छन् । नेतृत्वका लागि बढेको दौडसँगै नेतृत्वको पुस्तान्तरण हुनुपर्ने बहस पनि चलिरहेको छ । हरेक क्षेत्रमा निश्चित समय योगदान गरेपछि रिटायर्ड हुनु पर्ने कानुनु नै हुन्छ । तर त्यही कानुन बनाउने राजनीतिक नेतृत्व चाँही रिटायर्ड हुनु पर्छकी पर्दैन त ? यो लेखको मुख्य आसय यही रहेको छ ।
नेपाली कांग्रेसको १४ औँ महाधिवेशन मार्फत नेतृत्व लिनका लागि सत्तरी वर्षको उमेर पुरा भएका, पटक–पटक पार्टीको आन्तरिक नेतृत्व र संसदीय फाँटको विभिन्न विभागको नेतृत्व गरिसहेका नेतृत्वहरुले पुनः आफैले नेतृत्व लिन इच्छुक हुँदै अगाडी बढ्दै गर्दा पुस्तान्तरण हुनु पर्ने भन्दै अर्को पुस्ता पनि नेतृत्वका लागि अग्रसर भइरहेको छ जुन अत्यन्तै सान्दर्भिक छ । किनभने सदैव एउटै नेतृत्वले नेतृत्व गर्दै गर्दा पार्टीमा नयाँ उर्जा प्राप्त हूँदैन भने भावी दिनमा पार्टीलाई कुशलता पूर्वक अगाडी बढाउन चाहने कुशल चालकको अभाव हुन सक्छ अत ः ७० वर्ष कटी सकेका वा छेउछाउ पुगेका राजनीतिक नेतृत्वले भावी नेतृत्वलाई पार्टी जिम्मा लगाउन कुनै हिचकिचाहट गनुर्् हुँदैन । यो नियन वडा देखि केन्द्र सम्मै लागु हुन जरुरी छ । पार्टी र सरकारको उच्च नेतृत्वमा पुगी सकेको नेतृत्वले त अझ सम्मानित रुपमा भावि नेतृत्वलाई पुस्तान्तरण गर्नुपर्छ ।
म नै पुनः नेतृत्वमा आउनु पर्छ भन्नु आफ्नो पद प्रतिको आसत्ति मात्र नभएर वैकल्पिक नेतृत्व जन्माउन नसक्ने अक्षम नेतृत्व हो भन्दा अत्युक्ति नहोला । विश्वका विभिन्न मुलुकमा ४० वर्ष मुनिको नेतृत्वले सरकार र पार्टीको नेतृत्व गरिरहेको कुरा सुन्दा हामीलाई एकादेशको कथा जस्तो लाग्छ । हाम्रो देशमा तत्कालै ४० वर्षको उमेरमै कसैले प्रधानमन्त्री वा पार्टीको नेतृत्व पाइहाल्नु पर्छ भन्ने होइन तर एउटा नेतृत्वले अर्को नेतृत्व जन्माउन खोज्नु् वा जन्माउनु लोकतन्त्रको सुन्दर पक्ष हो भने मरणोपरान्त आफै नेतृत्वमा हुन्छु भन्नु चरम अधिनायकवादी चरित्र हो ।
नेपाली कांग्रेसमा मात्र नभएर नेकपा एमाले नेकपा माओवादी केन्द्र, संघिय समाजवादी फोरम लगायतका पार्टीमा समेत ७० वर्ष पूरा नभई सकेका वा आसपास भएका नेतृत्वले नै पार्टीको नेतृत्व गरिरहेका छन् । सर्वसाधारण जनतालाई काम गर्न नसक्ने भन्दै औषधी खान वा आफ्ना साना मसिना आवश्यकता पूर्ति गर्न भत्ताको व्यवस्था गर्ने तर शारीरिक रुपले अशक्त भइ सक्दा समेत सरकार र पार्टीको नेतृत्व नछोड्ने प्रवृत्तिले देशलाई अग्रगमनमा होइन पश्चगमन तर्फ डोहो¥याइरहेको छ ।
युवा उमेरले मात्र होइन नेतृत्व क्षमता, दृष्टिकोणले पनि हुने हो । यदि सत्तरी वर्ष कटेपनी उसमा युवा जोस छ र उसको नेतत्वले देशलाई सही गति दिइरहेको छ भने नेतृत्व हस्तान्तरण मात्र एकमात्र विकल्प हुन सक्दैन तर पार्टी र देशलाई सही नेतृत्व दिन पनि नसक्ने र नेतृत्व छोड्न पनि नसक्ने प्रवृत्तिले देशलाई पश्चगमनमा लगिरहेको छ ।
करिब ३० वर्ष देखि तिनै २५–३० जनाको वरीपरि देशको नेतृत्व घुमिरहेको छ । अर्को पुस्ताले जनता वा कार्यकर्ताको आँखामा छारो हाल्न बेलाबखत नेतृत्व हस्तान्तरण हुनु पर्ने कुरा उठाए पनि हालको नेतृत्वका अगाडी पर्दा भिजेको मुसो झै लुतुक्क परेर वाजी जित्नका लागि गणेश र कुमार मध्ये गणेशले आमा बाब् नै सबैथोक हुन भन्दै शिव–पावर्तीको वरिपरी नै घुमेर बाजी जितेझै वर्तमान नेतृत्वका वरीपरी नै घुमेर आफ्नो महत्वकांक्षा पुरा गर्ने परिपार्टी रहुन्जेल नत वर्तमान नेतृत्वले नेतृत्व छोड्न नै खोज्छ न त नयाँ नेतृत्वले नेतृत्व हस्तान्तरणको एजेन्डालाई घनिभूत रुपमा उठाउनै सक्दछ । उही नेतृत्व निरन्तर रुपमा मरणोपरान्त अगाडी बढी रहन्छ । वर्तमान अवस्थाका ठूला पार्टीका नेतृत्व मध्ये कसैले पनि सहजताका साथ पार्टीको नेतृत्व छोड्न खोजेका छैन ।
यो देशको राजनीतिक नेतृत्व यति धेरै अकर्मण्य भयो कि बैङ्क ऋण मार्फत कर उठाएर आफूले विलासी जीवन बिताउँछ र आफ्ना छोरा नाती समेतलाई पुग्ने गरी सम्पत्ती कमाउँछ । यो देशमा सबैभन्दा फस्टाएको उद्योग नै राजनीतिक उद्योग भएको छ । अनी किन सत्ता हस्तान्तरण गर्न खोज्थ्यो त नेतृत्वले र नेतृत्वको वरिपरि घुमेर शक्ति र सत्ता हातमा लिन पल्केकाहरु पनि घनिभूत रुपमा नेतृत्व हस्तान्तरणको मुद्धा उठाउन खोज्दैनन किन भने उनीहरुको पनि उद्योग फस्टाएकै छ ।
हुन त कानुन बनाए पनि छिद्र खोजेर अघि बढ्ने बानी परेको नेतृत्व भएको मुलुकमा कानुन नै सबै थोक होइन तर पनि कानुनु नै बनाएर नेतृत्व हस्तान्तरणको प्रकृया सुरु नहुन्जेल कोही पनि वर्तमान नेतृत्व, नेतृत्व हस्तान्तरण गर्न इच्छुक छैनन् । अतः निश्चित उमेर हद पछी राजनीतिको मुख्य नेतृत्व लिन नपाउने कानुन बनाएरै वर्तमान नेतृत्वबाट दोस्रो पुस्ताले नेतृत्व लिन अग्रसर हुनु पर्दछ । जसका लागी उम्दा नयाँ नेतृत्वले जुनसुकै मुल्य चुकाएर भए पनि नेतृत्व हस्तान्रण अर्थात पोलिटिकल रिटायर्डमेन्टको व्यवस्था गर्नु जरुरी छ । अन्यथा यो देशले नयाँ दिशा लिन सक्दैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here