मयविधाका प्रस्तावक साहित्यकार तेराखको निधन


१६ असार २०७८, बुधबार १७:११ मा प्रकाशित


मेचीनगर, १६, असार ।। प्रगतिशील साहित्यकार तेजराज खतिवडा (तेराख) को ७८ वर्षको उमेरमा आज दिउँसो निधन भएको छ ।

Advertisement

उहाँलाई श्वास प्रश्वास, फोक्सो र ढाडको समस्या भएपछि उपचारका लागि विराटनगरको विराट नर्सिङ होममा तीन दिन अघि भर्ना गरिएको थियो ।

उपचारको क्रममै आज अपरान्ह १ः ३० बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ । मंगलवारदेखि उपचारको क्रममा भेन्टिलेटरमा राखिएको थियो ।

नेपाली साहित्यमा प्रगतिशील स्रष्टाको रुपमा परिचित तेराखको ‘सर्वजा’ सबैभन्दा प्रख्यात उपन्यास हो ।

टेस्ट ट्युब बेबी (नाटक), रातको बाह्र बजे (उपन्यास), प्रिय शान्तिनगर (खण्डकाब्य), ढाडेका नाकमा घिउ (निबन्ध) लगायत दर्जनभन्दा बढी उनका चर्चित कृति प्रकाशित छन् । उनले मय बिधाको प्रस्तावना लेखेका थिए ।

तत्कालीन शान्तिनगर–४ इरौँटारमा २००१ साल वैशाख १ गते जन्मनु भएका खतिवडाको हाल मेचीनगर–९ धुलाबारीमा बसोबास थियो ।
उहाँका दुई छोरा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here