कोरोना संक्रमण : अनुभव र शिक्षा


९ असार २०७८, बुधबार १६:५२ मा प्रकाशित
  • – सन्तोष आचार्य
  • II मेचीनगर, झापा II
    हामी कोरोना संक्रमणको त्राहिमान समयमा छौं । यो संक्रमणले विश्वलाई एक फेरो लगाइसकेर फेरी अर्को फेरो सुरु गरेको छ । विशेषज्ञका अनुसार पहिलो चरणको भाइरस भन्दा यसमा केही थप विशेषता छन् । त्यसैले यसलाई भाइरसको दोस्रो भेरियन्ट भनिएको हुनु पर्छ । तेसं्रो भेरियन्ट पनि कहि कतै देखा पर्न थालेको समाचार आइरहेका छन् । यस पटक भने दोस्रो भनिएको भेरियन्टसँग हाम्रो पनि जम्का भेट भयो । करिब तीन हप्ताको कठोर संघर्ष पछि हामी संक्रमण मुक्त भयौं । यहि अवधिमा धेरै होनहार साथीहरुलाई हामीले गुमाउनु पर्यो । अझै कति साथीहरु कोरोना विरुद्ध संघर्षरत हुनु हुन्छ । कोरोनाका कारण दिवंंगत सबै प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै उपचार्रत सर्बैको सिघ्रं स्वास्थ्य लाभको कामना गर्दछु । कोभिड–१९ लाई रोक्न हात धोएर मैदानमा उत्रन सबैलाई आग्रह गर्दछु । कोरोना विरुद्धको युद्ध उच्च मनोबल र दृढ संकल्पले जितिने विश्वास सहित मेरा युद्ध अवधिका अनुभूति सुनाउन चाहान्छु ।
    यो अनुभव तयार पार्दासम्म नेपालमा मात्रै कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ८ हजार ८ सय १३ जना पुगिसकेको छ । छिमेकि देश भारतमा ज्यान गुमाउनेको संख्या ३ लाख ९० हजार ६ सय ९१जना पुगिसकेको छ । विश्भरमा कोरोनाका कारण करिब करिब ३९ लाखले ज्यान गुमाइसकेका छन् । यस बेलासम्म तस्रो भेरियन्टको पनि कुरा आइसकेको छ । यो एउटा काहाली लाग्दो स्थिति हो । त्यसैले यसलाई पेन्डामिक अर्थात महामारी भनियो । यो महामारीको चपेटामा लाखौ मानिसहरु परेका छन् । स्रव्रmमणको व्रmम बढ्दो छ । कहिले रोकिने हो थाहा छैन । अरु कसकसलाई हामीले गुमाउनु पर्ने हो, कस्ता कस्ता पीडा र दुःख सहनु पर्ने हो यसै भन्न सक्ने अवस्था छैन । परिस्थिति र परिवेश सम्झदा मन अमिलो भएर आउँछ । लकडाउन अघि भेट भएका प्रियजनहरु लकडाउन सकिएर फेरी भेट होलान् कि नहोलान् भन्ने चिन्ता छ । यस्तो अकरिलो परिस्थितिको सामना हामी गरिरहेका छौं ।
    सचेत हुँदाहुँदै संव्रmमण
    कोरोना भाइरस र लकडाउनसँग परिचय भएको पनि एक वर्ष पूरा भइसकेको छ । सुरुका दिनमा लकडाउन र कोरोना भाइरस दुवै हाम्रा लागि नयाँ र रहस्यत्मक लाग्थे । बिस्तारै लकडाउनमा अभ्यास्त भईयो र कोरोनालाई चिन्दै गइयो । स्वास्थ्य सुरक्षा विधि अपनाउने हो भने कोरोना संव्रmमण रोकथाम हुने रहेछ भन्ने थाहा पाउन थालिएको धेरै भएको छैन । यतिहुँदा हुँदै पनि कतिपय अवस्थामा कमजोरी गरिँदोरहेछ, संव्रmमण भएरै छाड्यो ।
    यस पटकको पहिलो लकडाउनले आधा समयसम्म पसल खोल्न पाइन्थ्यो । आंसिक लकडाउनको यो समय पूरा नहुँदै पूर्ण लकडाउन घोषणा भयो । त्यस पछि भने पसलहरु पूर्णरुपमा बन्द हुन थाले । अब भने एक प्रकारको गृहबन्दी जीवन सुरु हुने भयो । अघिल्लो बर्ष गृहबन्दी जीवनको केही अनुभव थियो । आंसिक लकडाउनको अन्त्यतिर अर्थात पूर्ण लकडाउन हुनु भन्दा अघिल्लो दिनदेखिनै रीताजी (श्रीमती) लाई टाउँको दुख्ने, आखाँका डिल दुख्ने, जीउ कटकटी खाने सुरु भइसकेको थियो । मौसमी भाइरल होला भनेर स्थानीय औषधी पसलबाट सिटामोल लगायतका औषधीहरु प्रयोग गर्न थालियो । यसको दुई दिन पछि उस्तै प्रकारको लक्षणहरु मलाई पनि देखिन थाल्यो । यति हुँदा बैशाख २४ गते भइसकेको छ । तातो पानी खाने, परिवारसँग सतरकता अपनाउने, मास्क र सेनिटाइजरको प्रयोग गर्ने लगायतका व्यवहारहरु गर्न थालिसकेका थियौं । २५ गते राती मलाई हनहनी ज्वारो आयो । त्यस पछि भने कोरोना भाइरसको संव्रmमण हुन सक्ने अनुमान गरियो । त्यस लगत्तै हामी आइसोलेट भयौं । सिटामोल, जिंक र केही अन्य औषधी चलिरहेकै थियो । सम्पर्कमा रहेका स्वास्थ्यकर्मी साथीहरुसँगको परामर्श पनि भइरहेकै थियो । २६ गतेसम्म आइपुग्दा पनि बीस को उन्नाइस भएन । बरु थप लक्षणहरु देखिन थाले । अब भने कोरोना संव्रmमण भयो भन्नेमा हामी प्रष्ट भइसकेका थियौं । यहिबेला हाम्रै वडामा कोभिड–१९ काकारण लगातार तीन जनाको ज्यान गएको थियो । कोरोना संव्रmमण र मृत्युका यस्ता खबरले सबैलाई आतंकित बनाइरहेकै छ । हाम्रो परिवारमा हामी ६ जना छौं । नियमित प्रेसरको औषधी सेवन गर्नु हुने ७७ वर्ष पुग्नु भएको बुवा हुनुहुन्छ । ७१ वर्ष पूरा गर्नु भएकी आमा हुनुहुन्छ । १५ र २० वर्षका दुईटी छोरी छन् । हामी दुई जना घरका मुख्य पात्र हौं । यस्तो बेला हामी दुवै जनालाई एकै पटक कोरोना संक्रमण भयो भनेर सम्झने वित्तिकै मन हुँडलेर आउँछ । एक प्रकारको मनोवैज्ञानिक डर र अन्यौलताको कालो बादलले घेर्दो रहेछ । अन्यौलताहरु चिर्नु र मनोबल उच्च राखेर कोरोनासँग भिड्नुको विकल्प हामीसँग थिएन । मेची अञ्चल अस्पतालमा दुवै जनाको पीसीआर परीक्षण भयो । भोली पल्ट रिजल्ट आयो “पोजिटिभ” ।
    कोरोना संक्रमण र सामाजिक मनोविज्ञान ,
    कोरोना भाइरस एउटा जैविक र भौतिक रोग मात्र नभएर एक प्रकारको मनोवैज्ञानिक दवाव रहेछ । यो मनोविज्ञान लाचार राज्यद्वारा सिर्जना गरिएको भाष्य हो । यस्तो मनोविज्ञान सिर्जना गर्न राज्यले कोरोनासँग कस्तो व्यवहार गर्यो भन्ने एउटा उदाहरण हेरौः, सुरुमा राज्यले भन्यो, पोजिटिम व्यक्तिको नाम गोप्य राख्नु । फेरी त्यही राज्यले पोजेटिभ देखिएको मानिसको घरमा रातो झण्डा झुण्डाई दियो । यो के गरेको हो ? किन गोप्य राख्नु पर्यो र फेरि किन उदांगो पार्नु पर्यो ? मैले बुझ्न सकेको छैन । एचआइभी पोजिटिभका सन्दर्भमा पनि यस्तै व्यवहार र प्रचार भएको छ । यो “पोजिटिभ” भन्ने शब्द प्रयोग गरेर समाजलाई यतिधेरै “नेगेटिभ” बनाउनुको रहस्य बुझ्न सकेकै छैन । तपाई सकैले बुझ्नु भएको भए बताइदिनु होला । यस्तै विरोधाभाषपूर्ण व्यवहार र प्रचारका कारण कोरोना भाईरस परीक्षण पनि एउटा अज्ञात डर जस्तै भएको छ । यसलाई हेर्ने र बुझ्ने सन्दर्भमा समाजमा असाध्यै धेरै भ्रम र नकरात्मक धारणाहरु छन् । जसका कारण मानिसहरु सहजै परीक्षण गराउन चाहदैनन् । जसको सिकार आम मानिस भएका छन र सामाजिक मनोविज्ञान नराम्ररी प्रभावित भएको छ । केही समय हामीलाई पनि यस्तो प्रभाव पर्यो । अझै मानिसहरु यस्तै नकरात्मक भ्रमका कारण परीक्षण गर्न मानिरहेका छैनन् । परीक्षण गरेर बसेकाहरुलाई हेर्ने दृष्टिकोणमा पनि यस्तै नकरात्मक प्रभाव हावी छ । यतिबेला गाउँ घरमा असंख्या मासिनहरु विरामी छन् । उनीहरु मध्ये कतिजनालाई त कोरोनाकै लक्षणहरु पनि देखिएको छ । तर उनीहरु रोग पहिचान गरेर उपचारमा लाग्नु भन्दा रोग लुकाएर घरमै जोखिम मोलेर बसेका छन् । रोग देखाउँदा छरछिमेकी साथी भाईले गर्ने व्यवहार राम्रो हुँदैन । ठुल ठुला गफ र आदर्श छाट्नेहरुको अविगत पनि यो बेला देखिदो रहेछ । यो स्वास्थ र सभ्य समाजका लागि एउटा गंभीर चुनौति हो ।
    युद्ध हो, नियम आकर्षित हुन्छ
    युद्ध भने पछि पूर्वीय समाजले सबै भन्दा पहिले सम्भने कुरा हो महाभारत । त्रेता युगमा भएको भनिएको यो युद्ध कुरुक्षेत्रमा १८ दिनसम्म चलेको थियो । यस युद्धमा खास खास नियमहरु आकर्षित भएका थिए । युद्ध जित्नका लागि नियमहरुमाथि बडो होसियारी पूर्वक दाउँपेच रचिएका हुन्थे । कौरव र पाण्डवबीचको यो युद्ध संख्याका कारण होइन सत्य प्रतिको संकल्प र उच्च मनोबलका कारण जितिएको थियो । कोरोना भाइरस विरुद्धको युद्धमा पनि यीनै दुइवटा कुरा मुलभूतरुपमा आकर्षित हुन्छन् । हामीले पनि यो संव्रmमणलाई युद्धका रुपमा स्वीकार गर्र्योै र पीसीआर पोजिटिभ आए लगत्तै दिनचर्यालाई नियमबद्ध र संकल्पित बनायौं ।
    अब कुरा आउछ नियमबद्ध र संकल्पित भनेको के ? सामान्यतया हामी पत्रकारहरुको दिनचर्या अव्यवस्थित नै हुन्छ । उढ्ने, बस्ने, खाने, हिड्ने, काम गर्ने जस्ता विषयहरु कुनै तालिकाले निर्धारण गर्न सक्दैन । घटना, सूचना र परिवेशले हामीलाई बढि प्रभावित गरेको हुन्छ । तर कोरोनासँग यसरी भिड्न सकिन्न भन्ने लाग्यो । चिकित्सकको सल्लाह र स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्ने पर्ने सर्त हुन् । सँगसँगै खानपान र अन्य व्यवहार पनि सञ्तुलित र व्यवस्थित हुनै पर्छ । यसैलाई व्यवस्थित गर्न खास नियम सहितको तालिका निर्माण भायो । तालिका अनुसार दिनचर्या व्यतित गर्ने र उच्च मनोबल कायम गर्न संकल्प गरियो ।
    तालिकाले नियन्त्रित गरेको दिनचर्या
    उच्च मनोबलका साथ नियमबद्ध दिनचर्या व्यथित गर्ने संकल्प भयो । यसै बेला हामीसँग दुई वटा मुख्य चुनौतिहरु देखिए । पहिलो, वृद्ध हुनृु भएका बुवाआमा र नानीहरुलाई संव्रmमण हुनबाट जोगाउनु । र दोस्रो, नियम र स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न आवश्यक भौतिक पूर्वाधार र संरचनाको व्यवस्थापन गर्नु । हामी जस्तो सामान्य परिवारले एउटा सानो घरमा दुई जना पोजेटिभ र अन्य चार जना अलग अलग बस्नु पर्ने अवस्था आयो । दुखजिलो गरेर आइसोलेट हुने व्यवस्था गरियो ।
    घरैमा भएको वाइटबोर्टमा दैनिक तालिका निर्धारण गरेर पालना गर्न थालियो । तालिका अनुसार दिनमा दुई पटक विहान ११ बजे र राती ८ बजे खानाको समय तोकियो । दिनमा दुई पटक विहान ७ः३० बजे र दिउँसो ३ बजेनास्ताका लागि समय निर्धारण भयो । दिनमा तीन पटक विहान ८ः३० बजे, दिउँसो २ बजे र राती ८ः३० बजे तातो पानीको वाफ लिने र दिनमा चार पटक विहान ९ बजे, मध्यान्ह १२ः३० बजे, दिउँसो ४ः३० बजे र साँझ ७ बजे हल्दी, तुलसी, अदुवा लगायतको मिश्रण र तागतिलो झोल पदार्थ सहितको तातो पानी खाने समय निर्धारण गरियो । यसलाई नियमबद्ध पालना गरियो । मुख सुख्खा हुन दिनु भएन त्यसैले तातो पानी दिनै भरी सुरुप्प सुरुप्प खाइरह्यो । हामी दुई जनाको जिब्रोमा स्वाद हराएको थियो । नाकले कुनै गन्ध थाहा पाउदैनथ्यो । त्यस कारण मिठो नमिठो भन्ने कुरै भएन । जे खानु भनेको त्यो खाने, जे खानु हुँदैन भनेको छ त्यसबाट टाडै रहने भन्दा बाहेक हामीसँग विकल्प थिएन । बजार पुरै लकडाउन छ । चाहिएको कुरा बजारबाट ल्याने अवस्था पनि छैन । फेरी कोरोना संव्रmमितको परिवार भने पछि वाहिर त्यत्ति सहज छैन । घरमा जे छ त्यसैलाई मिलाएर बनाउनु पर्ने अवस्था छ । परिवारका सबै जनाको दिनचर्या तालिकाले नियन्त्रित गरेको छ । हामी आँगनसम्म निस्कन्छौं । यस्तो बेला स्वास्थ्य सुरक्षा विधिको पूर्ण पालना हुनु पर्छ । विशेष गरेर यस्तो अवस्था बुवा आमालाई निक्कै छटपटि र चिन्ता भएको महशुस गरिरहेको हुन्छ । कान्छी छोरी सानै छ, ठुली छोरीले भान्साको कमाण्ड सम्हाल्नु पर्ने भएको छ । दीदिलाई बहिनीले सहयोग गरेकी छन् । छोरीहरुले यस्तो बेला सेवा गरेको र जिम्मेवारी निर्वाह गरेको देख्दा एक प्रकारको आनन्द र खुसीको अनुभूत पनि भएको छ । सामान्यनया यीनीहरुले के गर्लान र गरिखालान् भन्ने धारणा बोकेका बाबुआमाका लागि यो संकटको समयमा उनीहरुले निर्वाह गरेको जिम्मेवारी देख्दा पनि मन प्रसन्न हुँदो रहेछ । यसले पनि हामीलाई उच्च मनोबल बनाउन हौसला प्राप्त भयो । आमाले पनि भान्साको नेतृत्व गर्नु भएको छ । तर आमाबुवालाई धेरै ओहोर दोहोर नगर्न भनिएको छ । संव्रmमणबाट जोगाउनु पर्ने भएकाले बुवाआमालाई विशेष होसियारी अपनाउनु पर्ने भएको छ । यस्तो अवस्थमा बुवा र आमाले देखाउनु भएको सजगता र उच्च मनोबल हाम्रा लागि ठुलो प्रेरणा बन्यो ।
    कोरोना भाइरसलको संक्रमणका कारण हामी दुई जना असाध्यै पीडामा थियौं । हातखुट्टा कटकटी खाने, टाउँको दुख्ने, पेट काट्ने र असाध्यै पीडा हुने गरी जीउ दुख्ने भएकाले हामीमा एक प्रकारको छटपटाहट हुन्थ्यो । सुरु देखि नै उच्च मनोबलका साथ हामीले यसलाई सामना गरिरहेका थियौं । संव्रmमणको छैठौंं दिनदेखि मलाई निक्कै गाह्यो बनाउन थाल्यो । सातौं दिन साँझमा मेरो अवस्था निक्कै कमजोर बन्यो । सहन सकिदैन कि क्या हो जस्तो अवस्थामा पुगेँ । छटपटाहट सुरु भयो । नियमित खाइरहेको औषधिले कुनै प्रकारको प्रभाव देखाउन सकिरहेको थिएन । राती ८ः३० बजेतिर स्वास्थ्यकर्मी मित्र लेखनाथ खतिवडालाई सम्पर्क गरेँ । उहाँले सान्तवना र हौसला सहित थप एउटा औषधि खान भन्नु भयो । राती करिब ९ बजेको छ । बाहिर जान सहज छैन । छोरी सुजताले तुरुन्तै बाहिर गएर औसधी पसल खोल्न लगाएर औषधि लिएर आइन । यो बेला मेरो परिवारमा एक प्रकारको त्रास र आतंक छाएको थियो । विशेष गरेर बुवाआमा धेरै चिन्तित बन्नु भएको थाहा हुन्थ्यो । के भो नानी भन्दै सुमसुमाउन मन भए पनि छुन पाइने अवस्था थिएन । के गरौं र कसो गरौंको अवस्थामा सबै देखिन्थे । रीताजी स्वयम विरामी भएर पनि आफ्नो पीडा बिर्सिएर मलाई हौसला प्रदान गरिरहेकी थिइन् । छोरीहरु बाबासँग लुटपुटिन खोज्छन तर सक्दैनन् । म यो सबै अवस्था अनुमान गरेर आफुलाई केही नभएको जस्तो हुन खोजिरहेको हुन्छु । तर अवस्था निक्कै प्रतिकुल बन्दै गइरहेको छ । अक्सिजन र शरीरको तापक्रम नापेर निरन्तर हेरिरहिएको छु । अक्सिजन र तापव्रmम ठिक छ । यसैका आधारमा मनोबल कायम गर्ने प्रयास गरिरहेको छु । यहिबेला समाचार र सामाजिक सञ्जालमा कोरोनाका कारण मृत्यु हुनेहरुको आतंकपूर्ण खबरहरु आइरहेका छन् । केही समय अघि राम्ररी बोलेको मान्छे केही समय पछि मृत्यु भयो अरे भन्ने खबरहरु आइरहेका छन् । यस्ता सन्देशहरुले संव्रmमित र परिवारमा नराम्रो असर गरिरहेको छ । मलाई यो सब कुरा राम्रो लागिरहेको थिएन । तर म राम्रंरी भन्न सक्ने अवस्थामा थिइन । राती औषधि खाएर म आफ्नो ओछ्यानको एक कुनातिर फर्किएर कुक्रुक्क परेर पीडा लुकाउन सुतँे । उता बुवाआमा, रीताजी र छोरीहरु एक प्रकारको त्रास र छटपटीमा थिए । यो रात एक प्रकारको त्रास, डर र उकुसमुकुसमा वित्यो । उज्यालो हुँदैन कि क्या हो भन्ने डर सबैमा थियो । सूर्यको किरणसँगै अवस्थामा केही सुधार देखियो ।
    नवौंं दिनदेखि हाम्रो स्वास्थयमा व्रmमश सुधार हुन थाल्यो । नियमबद्ध दिनचर्या, नियमित पोसिलो खाना, परिवार, आफन्त, इष्टमित्र र साथीहरुको नियमित हौसलाका कारण हामीले कष्ठसाध्य अवस्थालाई पार गर्न सफल भयौं । फेरी पीसीआर परिक्षण गरियो । कोरोना भाइरस विरुद्धको लामो संघर्ष र युद्धको परिणाम आयो । पीसीआर परीक्षणको रिपोर्ट “नेगेटिभ” । सुरुमा पीसीआर परीक्षण पोजेटिभ आयो भन्दा मलाई त्यति धेरै फरक पर्ला जस्तो लागेको थिएन । पोजेटिम नै आउछ सामना गरिन्छ भन्ने थियो । तर जब पछिल्लो परीक्षण नेगेटिभ आयो भनेको सुन्दा एक प्रकारको खुसी र आनन्दको अनुभूत भयो । अर्थात कोरोना भाइरसप्रतिको सुरुको बुझाई र संव्रmमण पछिको बुझाईमा ठुलो अन्तर आयो । महाभारतको युद्ध पनि १८ दिन चलेको थियो हामीले पनि १८ औ दिनका दिन कोरोनालाई पराजित गर्न सफल भयौं । वास्तवमा युद्ध युद्ध नै हुँदो रहेछ । जहाँ नियमहरु आकर्षित हुन्छन् र जीतका लागि संकल्पको आवश्यकता पर्दछ ।
    आभार, धन्यावद र निश्कर्ष ः
    जबसम्म मान्छे आफैले भोग्दैन तबसम्म उसलाई त्यस विषयमा गहिरो गरेर जानकारी नहुँदो रहेछ । मरो अनुभवमा पनि यो कुराले एउटा विशेष स्थान पायो । सुरुमा मलाई त लाग्दैन होला जस्तो लाग्थ्यो । लागेपनि केही होइन भन्ने एक प्रकारको लापरवाहपूर्ण सोच थियो । जब संक्रमण भयो र त्यसपछिका दिनहरु व्याहोर्नु पर्यो तबमात्र कोरोनाको संकट मैले पनि राम्ररी बुझेँ । कारोना संक्रमण भए के गर्ने भन्ने विषयमा धेरै अध्ययन गरियो । साथीभाईका सुझाव र विज्ञहरुको सल्लाहका कारण जित्न सफल पनि भईयो ।
    कोरोना संक्रमण भएको लक्षण देखिने वित्तिकै गर्नु पर्ने कामहरु ः
    १.तुरुन्तै आइसोलेट हुने ।
    २.स्वास्थ्यकर्मी वा चिकित्सकसँग परामर्श गरिहाल्ने ।
    ३. आवश्यक परिक्षण गराउँने ।
    ४. यो रोग हो, निको हुन्छ भन्ने मनोबल बनाउने ।
    ५ चिसोबाट बच्ने, नियमित तातो पानी खाने ।
    ६ नियमित पानीको वाफ लिने ।
    ७. प्रणायम, ध्यान, योगा गर्ने ।
    ८. पोषिलो, झोलिनो खानेकुरा प्रशस्त खाने ।
    ९. नियमित औषधी र भिटामिनहरु सेवन गर्ने ।
    १०. चिकित्सकसँग नियमित सम्पर्कमा रहने ।
    ११. शरीरको तापमान, अक्सिजन नियमित चेक गर्ने ।
    १२. बन्दोवस्तीका सामान दुरुस्त राख्ने ।
    १३. सकरात्मक तथा मनोरञ्जनात्मक चलचित्र, गीत संगीत हेर्ने, सुन्ने ।
    १४. मास्क अनिवार्य लगाउने र भौतिक दुरी कायम गर्ने ।
    १५. परिवारका सदस्यहरुलाई संक्रमण हुनेबाट जोगाउने ।
    १६. फेसबुक, समाचारमा आउने दुखद खबरहरु नहेर्ने ।
    १७. सम्भव भएसम्म मोबाइल फोन नचलाउने ।
    १८. सम्भव भएसम्म दैनिकी लेख्ने, पुस्तक पढ्ने ।
    कोरोनासँग भिड्न उच्च मनोबलसँगै दुई वटा कुरा महत्वपूर्ण रहेछ । पहिलो, संक्रमित स्वयमको होसियारी र दोस्रो, संक्रमितसँगको सामाजिक पारिवारिक व्यवहार । हामीले रोगको लक्षण देखिने वित्तिकै आवश्यक होसियारी र सजगता अपनायौं । जसका कारण हाम्रो अवस्था कस्तो छ भन्ने कुरा बुझ्न सकियो र उपचार प्रक्रिया सजिलो भयो ।
    यो सन्दर्भमा संक्रमितसँगको व्यवहार निक्कै महत्वपूर्ण हुँदो रहेछ । आइसोलेट भएर बसेको एउटा बिरामी कुनै कुनामा एक्लै गुम्सिएर बस्यो भने उसमा थप नकरात्मक असरहरु पनि देखिन सक्छन् । मनमा अनेक कुराहरु खेल्छ थाल्छन् । त्यसैले उसलाई अलिक खुल्ला जस्तो ठाउँमा बस्ने वातावरण बनाइदिनु पर्छ । परिवारका सदस्यहरुले नियमित सोध खोज गर्ने, मन भुलाउन कुराकानी गरिदिने, मिठो मसिनो खाने कुराको व्यवस्थापन गरिदिने र हौसला प्रदान गरिरहने गर्नु पर्छ । यस्तो बेलामा गाउँ घर, छरछिमेक, साथी भाईको ठुलो भुमिका हुन्छ । स्वास्थ्य सतर्कता अपनाएर दुरी कायम गरी भेट् घाट गर्ने, स्वास्थ्य अवस्थाका बारेमा सकरात्मक परामर्श दिने, हौसला प्रदान गर्ने जस्ता कार्यहरुले रोगीलाई निको हुन निक्कै मद्दत गर्दछ । तर हाम्रा समाजमा यस्ता कुरा करिब करिब बर्जित नै छ । जसका कारण कोरोना संक्रमितहरु झण्डै अपहेलितको रुपमा बस्नु पर्ने अवस्था देखिन्छ ।
    मेरो अनुभवमा भने उल्लेखित कुराहरु भएका छन् । परिवारले अत्यन्तै हार्दिक र खुल्ला वातावरणमा हौसला प्रदान गरिरह्यो । बुवा आमाको स्नेहपूर्ण व्यवहारले हामीलाई निरन्तर हौसला प्रदान गरिरहेको हुन्थ्यो । सामान्यता आफ्ना सन्तानलाई सधै सानै देख्ने हाम्रो बानीलाई चुनौति दिँदै छोरीहरुले निर्वाह गरेको जिम्मेवारीले पनि हामीलई ठुलो हौसला प्राप्त भयो । घर परिवारका सदस्यहरु र छरछिमेकीहरुको व्यवहार एकदमै सकरात्मक र सहयोगी भएका कारण हामी चाडौं तंग्रिन सक्यौं । साथी भाई जो सधै हाम्रा बारेमा चासो र चिन्ता लिइरहनु हुन्थ्यो उहाँहरुको शुभेक्छा मनोबलका लागि एउटा हतियार बन्यो । संक्रमित भई उपचारका क्रममा रहेका बेला घरैमा उपस्थित भएर हौसला प्रदान गर्नु हुने साथीहरुको विशेष सम्झना हुँदो रहेछ । यस्तो बेला नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष विपुल पोखरेल, प्रदेश अध्यक्ष लीला बल्लब घिमिरे, महासचिव विवेक गौतम, जिल्ला अध्यक्ष एकराज गिरी लगायत महासंघ परिवारले निर्वाह गरेको भूमिका सधै स्मरणीय रहनेछ । यस पटक नेपाल पत्रकार महासंघ झापाले जुन तदारुकता देखायो म यो कर्मको खुलेर प्रशंसा गर्दै आभार तथा धन्यवाद व्यक्त गर्दछु । यसक्रममा प्रेस चौतारी झापा, प्रेस युनियन झापा, प्रेस क्लब मेचीनगर लगायतका पेशागत संस्थाहरुले गर्नु भएको सहयोगका लागि हार्दिक धन्यवाद छ ।
    यसक्रममा मेचीनगर नगरपालिका वडा नम्बर ६ का अध्यक्ष ललित तामाङलाई विशेष आभार र धन्यवाद भन्नु पर्छ । उहाँको सक्रियता र जनसेवी भावनाको जति प्रशंसा गरे पनि हुन्छ । वास्तवमा जनसेवीको पहिचान बनाउन तामाङ सफल हुनु भएको छ । उहाँसँगै स्वास्थ्यकर्मी लेखनाथ खतिवडाले पनि आफुलाई कोरोना संक्रमितहरुको सेवामा समर्पित गर्नु भएको देखिन्छ । उहाँके सेवा भाव र रोगी प्रतिको चिन्ताले त्यो कुरालाई मुखरित गर्छ । यी दुवै व्यक्ति संक्रमित अवधिमा दैनिक जसो सम्पर्कमा थिए । यस्तो बेला विभिन्न माध्यमबाट रोगीलाई हौसला प्रदान गर्नु हुने, आवश्यक सहयोग र साथ दिनु हुने महानुभावहरु नै वास्तविक साथी हुँदा रहेछन् । यस्सै गफ गर्न त जो सँग पनि सकिन्छ । संकटका बेला सम्झनेहरु नै स्मरणमा चिर स्थायी हुन्छन् । यी सबै मित्र र आफन्तहरु प्रति हार्दिक आभार तथा धन्यवाद ज्ञापन गर्दछु । हालसम्म संक्रमण हुनबाट सुरक्षित रहनु भएका हाम्रा पुज्य पितामाता र प्यारी छोरीहरु अनि संक्रमणको अवधि र त्यसपछिका समयमा निरन्तर हौसला प्रदान गर्न भौतिक रुपमा उपस्थित हुुनु हुने सम्पूर्ण प्रियजनमा हार्दिक हार्दिक धन्यवाद छ । भाइरसलाई निशेध गरौं, संक्रमितलाई माया र हेरचाह गरौं । अस्तु I

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here