कोरोनाका कारण विश्वमा ७ लाख २८ हजार भन्दा बढिको मृत्यु, नेपालमा मृत्यु हुनेको संख्या ७३ पुग्यो


२५ श्रावण २०७७, आईतवार १२:१६ मा प्रकाशित

२५, साउन झापा । सन् २०१९ को अन्तिमबाट सुरु भएको कोरोना भाइरसको महामरीले विश्व आक्रान्त बनेको छ । डिसिेम्बर ३१ देखि हालसम्म विश्वभर झण्डै दुई करोड मानिसलाई कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो तथ्यांकअनुसार विश्वमा १ करोड ९७ लाख ९४ हजार जनामा संक्रमण देखिएको हो । कोभिड–१९ का कारण हालसम्म ७ लाख २८ हजार ७ सय ८८ जनाले ज्यान गुमाउँदा एक करोड २७ लाख १२ हजार भन्दा धेरै मानिस निको भइसकेका छन्न् । एकैदिन २ लाख ५३ हजार संक्रमित थपिएका छन् । संक्रमितमध्ये सबैभन्दा धेरै भारतका रहेका छन् । भारतमा ६५ हजार १ सय ५६ जना थपिएका हुन् । त्यस्तै अमेरिकामा ५३ हजार ४ सय थपिएका अन्र्तराष्ट्रिय संचार माध्यमले जनाएका छन । ब्राजिलमा ४६ हजार ३ सयमा कोरोना संक्रमण पुष्टि भएको छ । दक्षिण अफ्रिकामा ७ हजार ७ सय, मेक्सिकोमा ६ हजार ७ सय, कोलम्बियामा ९ हजार ६ सय र रुसमा ५ हजार २ सय संक्रमित थपिएका छन् । यस्तै पछिल्लो २४ घन्टामा कोरोनाका कारण विश्वभर पाँच हजार भन्दा धेरै मानिसको मृत्यु भएको छ । मृत्यु हुनेमा सबैभन्दा धेरै अमेरिकाका रहेका छन् । त्यहाँ झन्डै एक हजार जनाको मृत्यु भएको छ । भारतमा ८ सय ७५, ब्राजिलमा ८ सय ४१, र मेक्सिकोमा ७ सय ९४ जनाको मृत्यु भएको छ ।
नेपालमा हालसम्म २२ हजार ५ सय ९२ जनामा संक्रमण देखिएको छ भने १६ हजार ३ सय १३ जना निको भएर घर फर्किएका छन् । कोभिडका कारण नेपालमा हालसम्म ७३ जनाको मृत्यु भइसकेको छ ।

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here