इरानसँग वार्ता गर्न इस्लामावाद पुग्यो अमेरिकी प्रतिनिधिमण्डल


२८ चैत्र २०८२, शनिबार १३:४९ मा प्रकाशित

चैत्र २८, इस्लामावाद ।।

Advertisement

अमेरिकी उपराष्ट्रपति जेडी भान्सको नेतृत्वमा रहेको अमेरिकी प्रतिनिधिमण्डल इरानसँग वार्ताका लागि पाकिस्तानको राजधानी इस्लामावाद पुगेको छ ।

बीबीसी उर्दूकाअनुसार पाकिस्तानी उड्डयनले भान्सको ‘एयर फोर्स टु’ विमान इस्लामावादमा अवतरण गरेको बताएका छन् ।

पछिल्लो २१ वर्षमा अमेरिकी उपराष्ट्रपतिको पहिलो पाकिस्तान भ्रमण हो । यसअघिको भ्रमण सन् २००५ मा तत्कालीन अमेरिकी उपराष्ट्रपति डिक चेनीले गरेका थिए ।

इस्लामावादमा हुने वार्ताका लागि भान्ससँगै अमेरिकी राष्ट्रपतिका विशेष दूत स्टिभ विटकफ र राष्ट्रपतिका ज्वाइँ जारेड कुशनर पनि छन् ।

इरानी संसदका सभामुख मोहम्मद बागेर गालिबाफको नेतृत्वमा इरानी प्रतिनिधिमण्डल पहिले नै इस्लामावाद पुगिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here