सुन तस्करी प्रकरण : महराका बाबुछोरासहित २८ जनाविरूद्ध ७ करोडभन्दा बढीको भ्रष्टाचार मुद्दा


२७ चैत्र २०८२, शुक्रबार १०:३८ मा प्रकाशित

चैत्र २७, काठमार्डां ।। विद्युतीय सिगरेट (भेप) भित्र लुकाएर ल्याइएको सुन तस्करी प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसभामुख कृष्णबहादुर महरासहित २८ जना र एक कम्पनीविरूद्ध मुद्दा दायर भएको छ । 

Advertisement

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

चिनियाँ तस्करसँग मिलेर भेपको आवरणमा सुनको अवैध ओसारपसार गराएको अभियोगमा आयोगले ७ करोड ७८ लाखभन्दा बढी रुपैयाँ बिगो कायम गरी मुद्दा दायर भएको हो । 

अख्तियारकाअनुसार २०७९ पुस १० गते दुबईबाट ‘फ्लाई दुबई’ को उडान (एफजेड ०५८७) मार्फत नेपाल आएका चिनियाँ नागरिक ली हाङ सोङले २ वटा सुटकेसभित्र ७३ वटा बट्टामा ७३० थान भेप ल्याएका थिए । ती भेपभित्र बहुमूल्य सुन लुकाइएको थियो ।

आरोपपत्रमा विमानस्थल भन्सार कार्यालयका तत्कालीन प्रमुख भन्सार प्रशासक अरुण पोखरेल, प्रमुख भन्सार अधिकृत मुक्ति प्रसाद श्रेष्ठ, प्रमुख भन्सार अधिकृत अम्बिका प्रसाद खनाल, भन्सार अधिकृत रमेश कुमार खतिवडा, भन्सार अधिकृत सुबेन्द्र श्रेष्ठ, नायब सुब्बा सुवर्णाप्रभा के.सी., नायब सुब्बा भुवनराज घिमिरे, नायब सुब्बा उमेश प्रसाद कोईराला, नायब सुब्बा रेवन्त खड्का र नायब सुब्बा मधुसुदन पोख्रेललाई प्रतिवादी बनाइएको छ । 

साथै, महराका छोरा राहुल भन्ने रेशम महरा, निर्मल कुमार वि.क., लोकेन्द्र कुमार पौडेल, दिपेश बस्नेत, गोपाल सुवेदी, दिनेश बस्नेत, वेद प्रकाश अग्रवाल, राम केशव थापा क्षेत्री, अमृत कार्की, NIMA GURUNG, प्रेरणा थापा, ललिता थापा, दिपिका थापा, चिनियाँ नागरिक LI HANG SONG र DAOJING WANG, बेल्जियम नागरिक DAWA TSERING, भारतीय नागरिक साहेव राव पाण्डुरङ मरगले र DEXTER TRAVELS AND TOURS PVT.LTD लाई पनि प्रतिवादी बनाइएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here