त्र २१, पोखरा ।। पोखरा महानगरपालिकाले फेवाताल किनारमा सार्वजानिक जग्गामा बनेका अवैध संरचना हटाउन डोजर चलाएको छ। महानगरपालिकाले फेवाताल आसपास अनधिकृत रूपमा बनाइएका टहराहरू भत्काउने अभियान सुरु गरेको हो। शनिबार बिहानदेखि सुरु गरिएको कारबाहीमा ३२ वटा टहरा हटाइएको महानगर प्रहरीले जनाएको छ।
महानगर प्रहरी प्रमुख पुरुसोत्तम थापाका अनुसार नेपाल प्रहरीको सहयोगमा संयुक्त रूपमा डोजर प्रयोग गरी संरचना हटाइएको हो।
फेवाताल क्षेत्रलाई व्यवस्थित र संरक्षण गर्ने उद्देश्यसहित अतिक्रमण हटाउने अभियान अघि बढाइएको महानगरले जनाएको छ। थप संरचना हटाउने कार्य पनि क्रमशः जारी रहने बताइएको छ। घर टहरा सञ्चालन गर्दै आएका स्थानियले भने आँफूसंग लालपुर्जा भएको दाबी गरेका छन् ।







