अमेरिका र भारतबीच ‘व्यापार सम्झौतामा सहमति’, ट्यारिफ घट्ने


२१ माघ २०८२, मंगलवार १३:०२ मा प्रकाशित

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग एउटा व्यापार सम्झौताका लागि आफू सहमत भएको बताएका छन्।

Advertisement

सहमतिअनुसार अमेरिकाले भारतीय सामानहरूमाथि लगाउँदै आएको २५ प्रतिशत ट्यारिफमा कटौती गरी १८ प्रतिशत कायम हुने छ।

दिल्लीले रुससँग तेल खरिद गर्न अस्वीकार गरेपछि अमेरिकाले लगाएको २५ प्रतिशत अतिरिक्त शुल्क पनि हटाइने उनले जनाए।

करिब दुई दशकयताको प्रयासमाझ भारत र युरोपेली सङ्घ ईयूबीच एउटा महत्त्वपूर्ण व्यापार सम्झौता भएको एक साता पनि नबित्दै ट्रम्पले भारतसँगको व्यापार सम्झौताबारे यो घोषणा गरेका हुन्।

मोदीको आग्रह

अमेरिकासँग सहमति हुँदा आफू “हर्षित” भएको मोदीले सामाजिक सञ्जाल ‘एक्स’मा लेखेका छन्।

मोदीसँग बिहान भएको टेलिफोन कुराकानीमा व्यापार र रुस-युक्रेन युद्धका विषय समेटिएको ट्रम्पले आफ्नो पोस्टमा उल्लेख गरेका छन्।

“उनी रुसबाट तेल खरिद बन्द गर्न र अमेरिका अनि सम्भवतः भेनेजुएलाबाट अझ बढी तेल किन्न सहमत भएका छन्,” ट्रम्पले लेखेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here