पूर्व राजा ज्ञानेन्द्र शाह पूर्वीनाकाहुँदै भारत प्रस्थान, बागडुग्रामा आरएसएसका प्रतिनिधिहरुको जमघट


२ पुष २०८२, बुधबार २१:०३ मा प्रकाशित

पुस २, झापा ।। पूर्व राजा ज्ञानेन्द्र शाह आज साँझ नेपालको पूर्वी नाका काँकरभिट्टाबाट पानीटेंकीहुँदै भारत प्रवेश गरेका छन् । बुधवार साँझ करिब ४ बजेको समयमा मेची पुलबाट शाह सहितको टोली भारत प्रवेश गरेको हो । जेनजी आन्दोलन पछि नेपालमा राजसंस्था फर्कने चर्चा चलिरहेको बेला अकस्मात भारत भ्रमण हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । कुन प्रयोजनका लागि भारत गएका हुन् भन्ने कुरा नखुले पनि उनले हिन्दुवादी नेताहरुसँग भेट्न सक्ने सम्भावना रहेको स्रोतले बताएको छ ।
पूर्व राजा शाह बागडुग्रा हुँदै सिलिगुढी पुगेका छन् । आज उनी सिलिगुडि स्थित एक होटलमा बस्ने कार्यक्रम रहेको स्रोतले बताएको छ । उनी भारत प्रवेश गरेसँगै बागडुग्रा र सिलिगुडी क्षेत्रमा हिन्दुवादी नेता कार्यकर्ताहरु समेत पुगेका छन् । स्रोतका अनुसार यतिबेला हिन्दुवादी संगठन आरएसएसका नेता बागडुग्रामा आएका छन् । उनीहरुले शाहसँग भेट गर्ने सम्भावना रहेको बताइएको छ ।

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here