मंसिर २७, धुलावारी । मेचीनगर लेडी जेसीजको अध्यक्षमा रिता श्रेष्ठ निर्वाचित हुनु भएको छ । शनिवार धुलाबारी स्थित लेडी जेसीजको सचिवालयमा सम्पन्न १२ औं बार्षिक साधारण सभाले सन २०२६ को अध्यक्षमा काकरभिट्टा निवासी श्रेष्ठलाई सर्वसम्मत रुपमा निर्वाचित गरेको हो ।
साधारण सभाले मेचीनगर लेडी जेसीजको कार्यकारीणी उपाध्यक्षमा सर्मिला दाहाल तिम्सिना र नविना डाँगीलाई चयन गरेको छ भने उपाध्यक्षहरुमा प्रमिला ओली, तेजकुमारी घिमिरे, सोनिका भट्टराई र सृजना घिमिरे सर्वसम्मत चयन हुनु भएको छ।
जेसीजको विधान अनुसार महासचिव, कोषाध्यक्ष, तालिम संयोजक लगायतका पदहरु अध्यक्षले मनोनयन गर्ने व्यवस्था रहेको छ । जेसीजमा एक व्यक्ति एक पद एक बर्षका लागि हुने वैधानिक व्यवस्था रहेको छ ।








