भदौ १७, मेचीनगर ।। अनेरास्ववियु त्रिदेव क्याम्पस कमिटीको ले पहिलो अखिल डिजिटल हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ । त्रिदेव क्याम्पस कमिटीको आयोजनामा मेचीनगर–धुलाबारी माविमा पहिलो अखिल डिजिटल मेमीनगर हाजिरी जवाफ प्रतियोगिता आइतवार सम्पन्न भएको हो । प्रतियोगितामा २२ वटा विद्यालयहरुको सहभागिता रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि अनेरास्ववियु केन्द्रीय उपमहासचिव कमल जोशी रहेका थिए। जोशीले आफ्नो सम्बोधनमा युवाहरुलाई ज्ञान, सीप र प्रविधिमा सशक्त बनाउन अनेरास्ववियु निरन्तर अगाडि बढिरहेको बताउँदै मेचिनगरमा गरिएको यो डिजिटल प्रयास देशभरका विद्यार्थी संगठनका लागि प्रेरणादायी हुने टिप्पणी गर्नुभयो। उहाँले प्रतियोगिताले विद्यार्थीमा शैक्षिक चेतना मात्र नभई संगठनात्मक प्रतिबद्धता र नेतृत्व क्षमताको विकासमा पनि सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा नेकपा एमाले, युवा संघ नेपाल र अनेरास्ववियुका विभिन्न तहका नेताहरूको समेत उल्लेख्य उपस्थिति रहेको थियो। करिब ३०० विद्यार्थीहरूको सहभागिता रहेको सो कार्यक्रमको अध्यक्षता त्रिदेव क्याम्पस अध्यक्ष कैलाश रेग्मीले गर्नुभएको थियो।
प्रतियोगितामा सहिद दसरथ माविले प्रथम स्थान हासिल गर्दै नगद १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। त्यस्तै, द्वितीय स्थानमा इष्ट होराइजन मावि रहँदा ७ हजार रुपैयाँसहित पुरस्कार पायो। तृतीय स्थानमा बाल सुबोधनी माविले ५ हजार रुपैयाँसहितको पुरस्कार प्राप्त गरेको छ।
प्रतियोगिता लेखित चरणमार्फत छनोट भई ८ विद्यालय सेमिफाइनलमा पुगेका थिए। दुई सेमिफाइनलबाट पहिलो र दोस्रो हुने विद्यालयहरूले फाइनलमा प्रवेश गरेका थिए।
कार्यक्रममा मेचिनगर नगर प्रमुख गोपाल बुढाथोकीले नविन प्रविधिमा आधारित कार्यक्रमको सराहना गर्दै आयोजकलाई धन्यवाद दिनुभयो। साथै, सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीका स्वकीय सहसचिव रोश्नि मेचे विशेष उपस्थित रहनुभएको थियो।
कार्यक्रम सञ्चालन क्याम्पस कमिटी सचिव मनिषा सापकोटाले गर्नुभएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष ईश्वर रिजालले प्रस्तुत गर्नुभएको थियो। हाजिरी जवाफ प्रतियोगिताको सञ्चालन उत्सव भट्टराईले गर्नुभएको हो।







