-बालकुमार घिमिरे//
बा ! तपाइलाई केही आउदैन । तपाईले मेरो सबै मेहनेत पानीमा मिलाउनु हुने भयो । खै स्टाफले पनि तपाइलाइ पत्याउदैनन । साहुमहाजनसंग पनि डिल गर्न तपाईको पुरानो तरिका ठिक भएन ।
चस्मा नाकको डाडिमा झारेर छोरोले बोलेको सुनिरहे बाले । छोरोले बालाइ हेर्न भ्याएको छैन । सायद आँखा पढ्न खोजेको छैन, ऊ व्यस्त छ, आफ्नै धुनमा बरबराइ रहेको छ, मानौ यिनी उसका लागि घाडो हुन् । भारी बोक्न नसक्ने गधा, हलो जोत्न नसक्ने गोरु अब उसको औचित्य सकिएको छ। उसको मेहनेतले कुनै उपलब्धि हासिल गर्न सक्दैन। खोलाको बगेर गएको पानी हो प्यासीले आउदै गरेको पानीलाइ अंजुली थापेर पिए जस्तै ! बगेको पानीको उधो फर्काएर अंजुली थाप्दा कहाँ भरिन्छ र ! संझिदै गए बा एकदिन छोराले आफन्तको भोजमा गाली गरेको । बा ! तपाईलार्ई मान्छेका अगाडी खान पनि आउदैन ? संगै लिएर हिड्न पनि लाजै हुने । बाले संम्झिए, ऊ सानो हुदा उसलाई कहि बिवाह भोज निम्ता हुँदा कहिल्यै छोडेनन। काधमा बोकेर औलोमा समाएर सबैको भागमा पर्ने गरि जुठो फाल्दिदा माफि माग्दै हिडे, आफ्नै भागबाट र्याल सिंगान सहितको मुखमा खुवाउदै आफुले पनि खाए । उनलाई त्यतिबेला उनका साथीभाइले के भने ? कसरी हेरे ? उनलाई केही वास्ता नै थिएन, मात्र थियो त छोरोको चिन्ता !
युग परिवर्तन भएको थिएन केवल छोरोका गालामा दारी मात्र पलाएका थिए। बालाई लाग्यो छोरो लाइनमा लागेन कि बरु व्यपारमा लाग्नु पर्यो, यसलाइ पनि यसैमा डोर्याउनु पर्यो । कामले काम सिकाउछ पछि ठुलो व्यपारी बन्छ। जीवन जीउन सक्ने आधार खडा गर्छ। म भन्दा अब्बल बन्छ। हो हरेक बा आफ्नो सन्तान आफु भन्दा अब्बल भएको हेर्न रुचाउछन । आफु हार्न चहान्छन र पर बसेर उसको जितमा रमाउन चहान्छन । तर यो हैन कि उसले बाको नाम लिन नै नसकोस । मेराबा भनेर चिनाउन नै नसकोस । यस्तो कदापि इच्छा हुन्न कुनै बाआमाको।
बा ! ए बा !! बा झसङ्ग भए, बाबू ! तपाईं यहाँ नबस्नुत मेरा पार्टी आउदै छन भित्र बस्नु । बा लुरुलुरु भित्र छिरे। हिजो आँखामा आयो सबैले कति मान्थे उनलाइ सबै नमस्कार गर्थे, साहु जि संबोधन थियो भारतका ठुला ठुला शहरमा ठुलो नाम हरेक ठाउँमा ठुलो संमान थियो । नेपालका व्यपारीका मुखमा उनको बयान थियो ! खडा थियो एउटा विशाल छवि। सबैका अघाडि चिनाउथे छोरोलाई आज ….. ? प्रश्न त छन तर उत्तर छैन । व्यपार हो उतार चढाब आउछ कहिले सुन्दरता कहिले मन्दी तर बाको नाम बाले खडा गरेको नाम खै के हो ? कहाँ गयो ?? कसले कसलाई बनायो ? अंण्डाले नै हो कुखुरा बनाउने त तर कुन जेठो अंण्डा कि कुखुरा ? थाहा छ ठुलो रुखको फेद सधै तल हुन्छ हांगा र पातले आकास छुन्छन, माथि बसेर संंसार हेर्छन बिर्सनछन तल बसेको फेदलाई तर फेद सधै हागा र पातको उचाइको लागि सधै स्थिर सधै शान्त हुन्छ । हरेक प्रहार हरेक चोट सहेर कुनै सपना बिना कुनै उद्देश्य बिना रहिरहन्छ। कहिलेकहि हागा काटिन्छन पात झर्छन तर पनि फेद आफै नया सृजना गरिरहन्छ।
बा ! ठुलो स्वरले झसंङ्ग हुन्छन ! बाबू के भयो ? तपाइले ५ बर्ष अगाडी ल्याएको एक ठाउको सामानको पैसा तिर्नु भएको रहेनछ, मेरो बदनाम गरेर गयो। लु तिर्नु यो पैसा कहाबाट त्निु हुन्छ ? तपाइको व्यबहारले पनि म त दिक्क भैसके । कहाँ कहाँ के के बिगारेको छ। बाका आँखा रसाएनन् । आखामा खोला बाडि आए मात्र धमिलो कुनै रंग बिनाको संसार ! सोचेँ मैले यो के गरे होला ? छोराको आबस्यकता पुर्तिको लागि केही लगानी१ सबै जिम्मेवारी दिएर आफु ऋणको र बद्नामीको भकारी आफ्नो टाउको भरीको बोझ। संम्झना आयो एउटा चोरको । बिचारा चोर ! दोजिया स्वास्नीलाई अस्पताल लग्ने पैसा नभएर एउटा महाजनको घरमा चोरी गर्न गएछ । चोरेको पैसाले उपचार भयो, छोरा जन्मियो । छोरो हुर्काउन पढाउन रोजगारी नभएपछि चोरीको सहारा लियो । छोरालाई पढायो, बढायो र आफु चोर भएपनि छोरालाइ वकिल बनायो। एक दिन ऊ पुरानो चोरीको अभियोगमा पक्राउ पर्यो । अदालतमा बयान भयो । घरपरिबार सबैलाई सोधपुछ भयो । सबै परिवारले बयानमा एउटै कुरा भनेू यस्ता चोर मेरा बा, मेरा पति हैनन । यी अपराधी हुन्, यिनलाइ कडा कारबाहि गरियोस। उ हास्दै खुसी हुँदै जेल जान लाग्यो । प्रहरीले सोध्यो सबै जेल जादा दुखि हुन्छन तिमी किन खुसी ? चोरले जवाफ दियोू आजबाट मैले चोरि गर्नु पर्दैन किनकि म मायाको नाटकबाट मुक्त भए यो मायाको नाटकले मलाइ चोर बनायो । यो नाटकको अन्त्यले अब साधु।
सायद संसार नै यस्तै होला ! सबैलाई मपाइत्वको भुत चडेको छ ।
(यो पढेर मलाइ मेरा मित्र आफन्त सबैले मेरै घटना सम्झेर निरासावादी भईस् भन्नु हुन्छ होला । यो केबल समाजमा देखिएको बिकृतिको कथा हो । मैले यसलाई लेखको रुपमा रचना गरेको मात्रै हुँ । रचनालाइ रचनाकारको वास्तविक जिवनी हो भन्ने हो भने त मुनामदनका मदन लक्ष्मी प्रसाद देवकोटा हुन्थे नि हैन र तर देवकोटा मुना छोडेर कमाउन कहाँ प्रदेशिएका थिएर र ?)