असार ५, धुलावारी ।। नेकपा एमालेका युवा नेता तथा मेची उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष ऋषि तिम्सिनाले एमाले परित्याग गरेका छन् । आज दिउँसो आफ्नो फेसबुक पेजमा पार्टी परित्याग गर्नुको कारण सहित स्टाटस लेख्दै उनले पार्टी कामका दौरान सहयोग गर्नु हुनेहरुलाई धन्यवाद दिएका छन् ।
तिम्सिनाले मित्र, शुभचिन्तक र सञ्चारकर्मीहरुलाई सम्बोधन गर्र्दै भनेका छन्, “आज म एक गहिरो सोच, स्वस्मूल्यांकन र अनुभवको आधारमा नेकपा (एमाले) पार्टीबाट अलग भएको औपचारिक घोषणा गर्दछु ।”
किन छाडे तिम्सिनाले पार्टी ?
नेकपा एमाले वृत्तमा इमान्दार र शालिन युवा व्यक्तित्वको छवि बनाएका तिम्सिनाले एकाएक पार्टीबाट अलग हुने निर्णय गरेका छन् । उनले यस्तो निर्णय गर्नुको कारण वर्तमान राजनैतिक अवस्था रहेको बताएका छन् । उनले भनेका छन् “पार्टीबाट अलग हुनुको कारण अहिलेको राजनैतिक वितृष्णा नै हो ”
अब के गर्छन् तिम्सिना ?
राजनैतिक तथा सामाजिक क्षेत्रमा सधै अग्रडि भुमिकामा रहेका तिम्सिनाका अबका दिन कस्तो हुन्छ भन्ने चासो सबैलाई छ । उनले पार्टीबाट अलग हुने निर्णय गरिरहदा अब के भन्ने बारेमा प्रष्ट बताएका छैनन् । उनले फेसबुक स्टाटसको अन्त्यतिर सामान्य संकेत गर्दै भनेका छन्, “अन्य असल कर्ममा सधै यहाँहरुसँग हातेमालो गर्दै अगाडि बढ्ने नै छु ” ।
आर्थिक सामाजिक रुपान्तरका एजेन्डा स्थापित गर्न युवा नेतृत्वको वकालत गर्दै आएका तिम्सिना उपयुक्त अवसरको खोजेमा रहेको देखिन्छ । तिम्सिनाले २०७९ को स्थानीय तहको निर्वाचनमा पार्टी भित्र उपप्रमुख पदको दावी गरेका थिए । उद्योगी व्यापारीहरुबिच लोकप्रिय तिम्सिनाले आगामी २०८४ लाई लक्षित गरी यो कदम चालिएको हुन सक्ने उनी निकट स्रोतले विष्लेषण गरेको छ ।
विभिन्न पार्टी र समुहबाट कुरा आइरहेको भए पनि स्वतन्त्र नै बस्ने कि कतै आबद्ध हुने भन्ने विषयमा टुङगो लागिनसकेको स्रोतले बताउँछ ।
हेर्नुस् विज्ञप्ती ।


