प्रेस क्लब मेचीनगरको स्थापना दिवसमा दुई पत्रकार पुरस्कृत


४ असार २०८२, बुधबार २०:४० मा प्रकाशित

असार ४, काँकरभिट्टा ।। प्रेस क्लब मेचीनगरको १२ स्थापना दिवसको अवसरमा दुई पत्रकार पुरस्कृत भएका छन् । काँकरभिट्टा खानेपानी संस्थाको सभाहलमा आयोजित कार्यक्रममा क्लबका पूर्व अध्यक्ष मुक्ति पौडेललाई मेचीनगर पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको हो । त्यसैगरी प्रेस क्लबका सदस्य किशोर उपरकोटी मेचीनगर प्रोत्साहन पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका हुन् । दुवै पत्रकारलाई प्रतिनिधि सभा सदस्य तथा नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नगद सहित सम्मान पत्र प्रदान गर्नु भएको थियो ।

Advertisement

३९ पत्रकारको दुर्घटना विमा
प्रेस क्लबको स्थापना दिवसकै अवसर पारेर क्लबमा आबद्ध ३९ जना पत्रकारहरुको दुई लाख बराबरको दुर्घटना विमा गरिएको अध्यक्षका अध्यक्ष प्रकाश पौडेलले बताउनु भयो ।

पर्यटकको सुरक्षा र पत्रकारिता बारे अन्तरक्रिया
पर्यटन कार्यालय काँकरभिट्टाको सहकार्यमा पर्यटकको सुरक्षा र पत्रकारिता विषयक अन्तरक्रिया कार्यक्रम पनि आजै सम्पन्न भएको छ । क्लबको स्थापना दिवसकै अवसर पारेर आयोजित कार्यक्रममा सिलिगुडी जर्नालिष्ट क्लबका पत्रकारहरुको समेत सहभागिता रहेको थियो ।


प्रेस क्लब मेचीनगरका अध्यक्ष प्रकाश पौडेललेको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा मेचीनगर नगरपालिकाका प्रमुख गोपाल बुढाथोकी, उपप्रमुख मीना उप्रेती, कोशी प्रदेस सभाका पूर्व सदस्य श्रीप्रसाद मैनाली, झापाका प्रमुख जिल्ला अधिकारी, पर्यटन कायालय काँकरभिट्टाका प्रमुख छवि खतिवडा, मेचीनगरका प्रमुख प्रशासकीय अधिकृत अग्नीप्रसाद अधिकारी, पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, प्रेस क्लबका पूर्व अध्यक्षहरु, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन क्लबका सचिव प्रविण अधिकारीले गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here