जेष्ठ १५ मा के हुँदैछ काठमाडौंमा ? राजावादी र केपी ओलीका अभिव्यक्तिले हिंसा भड्किने त होइन !


१४ जेष्ठ २०८२, मंगलवार ११:५८ मा प्रकाशित

जेष्ठ १३, काठमाडौं ।। राजावादीहरूले जेठ १५ गते गणतन्त्र दिवसको दिन पारेर सडक आन्दोलन थाल्ने बताइरहेका बेला प्रधानमन्त्री केपी ओलीले उक्त दिन आफ्ना पार्टी कार्यकर्तालाई काठमाण्डू नियन्त्रणमा लिन गरेको आह्वान उत्तेजक र हिंसा निम्त्याउने खालको भएको जानकारहरूले बताएका छन्।

Advertisement

चैत १५ गते काठमाण्डूको तीनकुनेमा राजावादीहरूको प्रदर्शन हिंसात्मक भएको सन्दर्भमा सबै पक्षले संयम अपनाउनुपर्ने सुझाव उनीहरूले दिएका छन्।

राष्ट्रिय मानवअधिकार आयोगले प्रधानमन्त्रीको अभिव्यक्तिलाई चिन्ताजनक भनेको छ।

राजावादी आन्दोलनको अगुवाइ गर्न लागेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मानवाधिकारवादीलगायत विश्वसमुदायलाई स्थितिको अनुगमन गर्न आह्वान गरेको छ। नेपाल प्रहरीले चाहिँ विगतको अवस्थाको समीक्षा गरेर सुरक्षाको सुदृढ बन्दोबस्त गरिने बताएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here