पूर्व राजा ज्ञानेन्द्र शाह नारायणहिटी गए


११ जेष्ठ २०८२, शनिबार २०:५३ मा प्रकाशित

जेष्ठ १०, काठमाण्डौं ।।

Advertisement

पूर्वराजा ज्ञानेन्द्र शाह नारायणहिटी दरबार गएका छन् । नाति हृदयन्द्रलाई लिएर उनी आमा रत्न शाहलाई भेट्न नारायणहिटी गएका हुन् ।

पूर्वराजा ज्ञानेन्द्रको संवाद सचिवालय फणिराज पाठकका अनुसार हृदयन्द्रले रत्नलाई भेट्ने आग्रह गरेपछि ज्ञानेन्द्र नारायणहिटी गएका हुन् । संविधानसभाबाट राजतन्त्र अन्त्य गरिएपछि ज्ञानेन्द्रले नारायणहिटी छोडेका थिए । तर, रत्न नारायणहिटीको महेन्द्र मन्जिलमा बस्दै आएकी छिन् ।

ज्ञानेन्द्रसँगै उनकी श्रीमती कोमल शाह पनि नारायणहिटी गएकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here