तरुल उत्सवमा धनकिरणको बेजोड प्रस्तुति : चिसो हावामा झुमे बाहुण्डागीबासी


१ माघ २०८१, मंगलवार १०:३८ मा प्रकाशित

माघ १, बाहुण्डाँगी ।। पुसको अन्तिम साँझ, नेपालको पूर्वी सीमाना गाउँ बाहुण्डागीमा गायक धनकिरण गुरुङको प्रतिक्षामा छन् गाउँवासीहरु ।
जब स्टेजमा गायक गुरुङ चडे, तालिले गडगडाहत स्वागत भयो । माइक्रोफोन समाउने वित्तिकै गायक गुरुङले बाहुण्डागीवासीलाई सम्बोधन गरे । हात्तिको डरलाई संगीतको माधुर्यले जित्नु पर्छ भन्दै प्रस्तुती सुरु गरेपछि बाहुण्डागी बजार करिब २ घण्टा गीत सं्रगीतमा झुम्यो ।
पुसको चिसोमा गायक गुरुङको “चिसो हावाले…” बोलको गीतले पुरै माहौल तताएको थियो । गीतमा झुमिरहका स्थानीयवासीहरुले पुसको मौसम बिर्सिएर गुरुङकै लयमा लय मिलाइरहे ।
मेचीनगर–६, काँकरभिट्टा निवासी धनकिरण गुरुङ यतिबेला बेलायत बस्दै आएका छन् । बेलायतको फोक्स्टन सिटीका पूर्व काउन्सिलर गुरुङका दर्जन बढि गीत सार्वजनिक भएका छन् । गोर्खा मेमोरियल फण्ड युकेका अध्यक्ष समेत रहेका गुरुङ गीत र संगीतका पारखी हुन् । बाहुयण्डागीमा आयोजित तेस्रो अन्तर्राष्ट्रिय तरुल उत्सवका पहिलो साँझ गुरुङले आफ्नो प्रस्ुतुती दिएका हुन् ।

Advertisement


गायक गुरुङका गीतमा बाहुण्डागीवासीले धेरै रमाइलो गरेको आयोजक अर्जुन कार्कीले बताउनु भयो । मेचीनगर ४ का वडाअध्यक्ष समेत रहेका कार्कीले गुरुङको उपस्थिति नै बाहुण्डागीवासीका लागि उत्प्रेरणा भएको बताउनु भयो ।
साँस्कृतिक कार्यक्रममा गोर्खा मेमोरियल फण्डका दाता तथा फोक्स्टन केन्टका उद्योग वाणिज्य स्रंघका अध्यक्ष रे जनसन, गोर्खा मेमोरियल फाउण्डेसन नेपालका अध्यक्ष गंगालाल गुरुङ लगायतको सहभागीता रहेको थियो ।
तरुल उत्सव माघ २ गतेसम्म सञ्चालन हुने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here