माघी पर्वले मेलमिलाप र सद्भाव वृद्धि गरी सामाजिक र संस्कृतिक एकतालाई बलियो बनाउँछ : मुख्यमन्त्री कार्की


१ माघ २०८१, मंगलवार ०८:२४ मा प्रकाशित

माघ १, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले माघे संक्रान्ती र माघी पर्वले मेलमिलाप र सद्भाव वृद्धि गरी सामाजिक र संस्कृतिक एकतालाई बलियो बनाउने बताउनुभएको छ । आज माघे संक्रान्ती एवं माघी पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले बहुजातीय, बहुधार्मिक र विविधतायुक्त समाजलाई एकतामा बाध्ने बताउनुभयो । उहाँले भन्नुभयो- ‘तराई हिमाल, पहाड र तराई सबै भूगोलमा बस्ने जातजातिबिच एकता बढाउँदै यो पर्वले सम्वृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आंकाक्षा पूरा गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गर्दछु ।’ कोशी प्रदेश सरकार सबै धर्म संस्कृति र पहिचानको सम्मान गर्दै संरक्षण गर्न प्रतिबद्ध भएको उहाँले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ । माघे संक्रान्तीकै दिन पर्ने माघी पर्वले हाम्रो संस्कृतिलाइ सम्वृद्ध बनाएको समेत शुभकामना सन्देशमा उहाँले उल्लेख गर्नुभएको छ । मुख्यमन्त्री कार्कीले मौलिक परम्पराको संरक्षण गर्दै हाम्रो संस्कृति, भाषा र संस्कृतिलाई बलियो बनाउनु पर्ने आवश्यक्ता समेत औँल्याउनु भयो ।

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here