पुस १३, बिर्तामोड I बिर्तामोड नगरपालिका वडा नम्बर ६ सुगम शान्ति टोलस्थित रोड नम्बर ५ को सडक स्तरोन्नति कार्य धमाघम भईरहेको छ । नगरपालिकाको १० लाख र स्थानीय उपभोक्ताको २ लाख ४८ हजार ८७५ रुपैयाँ लागत साझेदारी गरी कुल १२ लाख ४८ हजार ८७५ रुपैयाँमा १ सय मिटर लम्बाई र १६ फुट चौडाई ( प्लमको भाग बाहेक) सडकको स्तरोन्नति कार्य भईरहेको हो । सडकको दुबै तर्फ प्लम निर्माण कार्य सम्पन्न भएको छ । अबको एक हप्ता पछि पेवर्स लगाउने कार्य सुरु हुने उपभोक्ता समितिका अध्यक्ष गोकुल श्रेष्ठले जानकारी दिनु भयो । सडकको निर्माण सम्पन्न गर्नु पर्ने अन्तिम म्याद आगामी माघ ३० गतेसम्म रहेको छ । बिर्तामोड नगरपालिकामा साना तथा ठुला दर्जनौ योजनाहरु सञ्चालनमा छन् ।
बिर्तामोड नगरपालिकाको सडक स्तरोन्नति कार्य धमाघम
१३ पुष २०८१, शनिबार २०:५४ मा प्रकाशित