-जमुना खरेल//
———-
मलाई वचन त्यो बाण हान्ने
तिर नबनाउ
मुटु भित्रै रोपिने त्यो
झिर नबनाउ ।
सत्य छोडदिन मेरो
ज्यान गए जाओस बरु
बाचुन्जेल छाति दुख्ने
पिर नबनाउ ।
दोभान मै मिसिएर
बग्दै गएउ सागरसम्म
बिसिएउ मलाई बिर्स तर
भिर नबनाउ ।
कोपिलामै रित्तिए
सम्झनाको हुरीसँगै
कहाँ बल्छ मनमा दियो
मन्दिर नबनाउ ।
आँखा रित्तिएर रुदा रुदै
ओठको मुस्कान फर्किएन
सिरानीमा मात्रै बस्ने
तस्विर नबनाउ ।