पश्चिम एसियामा देखिएको द्वन्द्वका कारण प्रभावित भएका नेपाली नागरिकलाई उद्धार तथा यात्रा सहज बनाउन सरकारले विशेष उडान सञ्चालन गर्ने भएको छ ।
नेपाल सरकारले आजदेखि तीन दिनसम्म नेपाल वायुसेवा निगममार्फत उद्धार उडान सञ्चालन गर्ने निर्णय गरेको हो ।
उक्त उडानअन्तर्गत ३ अप्रिलमा काठमाडौं–दुबई, ४ अप्रिलमा दुबई–काठमाडौं तथा ५ अप्रिलमा काठमाडौं–दमाम र दमाम–काठमाडौं उडान सञ्चालन गरिनेछ ।

सरकारका अनुसार द्वन्द्व प्रभावित क्षेत्रमा रहेका नेपालीलाई स्वदेश फर्काउन तथा गन्तव्य मुलुक जान नपाएका यात्रुहरूलाई सुरक्षित रूपमा गन्तव्यमा पु¥याउन यो व्यवस्था गरिएको हो ।
पश्चिम एसियामा तनाव बढेसँगै फेब्रुअरी २८ देखि नियमित उडानहरू स्थगित भएपछि यात्रुहरू अलपत्र परेका थिए । सरकारले आवश्यक समन्वय र तयारीपछि विशेष उडान सञ्चालन गर्ने निर्णय गरेको हो ।







